१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

डिआरको कथासंग्रह ‘खोक्पा’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:१३:oo

लेखक डिआरको कथासंग्रह ‘खोक्पा’ लोकार्पण गरिएको छ। शनिबार अनामनगरमा एक कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो।

संग्रहमा वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पारेको असर, जेष्ठ नागरिकले भोग्ने दु:ख, पर्यावरणलगायत विभिन्न विषयवस्तुका  ११ वटा कथा समावेश छन्।

पुस्तकमा संग्रहित ‘बुढो रुख’ कथाले प्रकृति र मानवको तुलना गर्दै बुढेसकालको एक्लो जीवनलाई चित्रण गरेको छ। ‘हराएको नाता’मा लेखकले जीवनको अन्तिम अवस्थामा छोराबुहारीले आमालाई छाडेर विदेश गएको विषय उठान गरी मार्मिक कथा बुनेका छन्।

वैदेशिक रोजगारीमा गएको बाबुले छोरीलाई ल्याइदिएको नयाँ बाकसभित्रको उपहारलाई विषय बनाएर डिआरले ‘नयाँ बाकस’ शीर्षकमा कथा लेखेका छन्।

मानव जीवन र प्रकृतिका विविध पक्षलाई समेटिएको कथासंग्रह समग्रमा पाठकलाई कुनै नै कुनै रूपमा तान्न सफल छ। 

यसअघि डिआरको ‘नयाँ मोडहरूमा’ (गीतसंग्रह २०६३), ‘कान्तिपुरदेखि सन्दकपुरसम्म’ (यात्रा संस्मरण २०६६), ‘आत्मभाव’ (गीतसंग्रह २०७२), ‘तिलस्मी’ (उपन्यास २०७५), ‘सेन्टोसा’ (यात्रा संस्मरण २०७७), ‘समयको डोब’ (अनुभव र अनुभूति २०७७), ‘स्प्राउड अन द रक’ (तिलस्मीको अनुवाद २०७८)लगायतका कृतिहरू प्रकाशित भइसकेका छन्।
 

ad
ad