१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बिवाइडी डल्फिन इभीले ब्राजिलमा जित्यो सबैभन्दा धेरै पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२७:oo

 बिवाइडी डल्फिन सन् २०२३ मा ब्राजिलको सबैभन्दा बढी पुरस्कृत विद्युतीय गाडी बनेको छ । ब्राजिलमा लन्च भएको ६ महिनामा नै यसले १० महत्वपूर्ण उपलब्धि प्राप्त गरेको हो । बिवाइडीले सन् २०२३ मा ब्राजिलमा मात्रै पाँच हजारभन्दा बढी कार बिक्रीको रेकर्ड बनाइसकेको उल्लेख गरेको छ ।

यो कीर्तिमानले ब्राजिलवासीमा विद्युतीय साधन खरिदको वास्तविक सम्भावनालाई पनि देखाएको कम्पनीको भनाइ छ । सम्पूर्ण विद्युतीय कारहरूको दाँजोमा यो गाडी अग्रभागमा रहनुले पुरातन बजारले प्रस्ताव गरेभन्दा अझै अनुकूल मूल्यमा डिजाइन, अत्याधुनिक प्रविधि, आरामदायी तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्राप्त गर्न सम्भाव छ भन्ने कुरा पुष्टि गरेको कम्पनीको दाबी छ । 

बिवाइडीका अध्यक्ष टाइलर लीले बिवाइडी डल्फिन ब्राजिलको अटोमोटिभ बजारका लागि एक गेमचेन्जर भएको बताए । उनले भने, ‘इतिहासमा पहिलोपटक एउटा निर्माताले यति धेरै नवीनता र अत्याधुनिक प्रविधिले युक्त गाडी प्रदान गरेको छ, जुन आफैँमा पूर्ण र आरामदायक छ । यसको आकर्षक डिजाइन तथा प्रतिस्पर्धी मूल्यले पूरा उद्योगलाई नै आफ्नो प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको छ ।’ विद्युतीय कारलाई  धेरैभन्दा धेरै ब्राजिलका जनताको पहुँचमा पु¥याउनु नै कम्पनीको लक्ष्य रहेको उनको भनाइ थियो । 

बिवाइडीले प्राप्त गरेका पुरस्कार
अटो स्पोर्ट म्यागजिन  : २०२४ कार अफ द इयर, युओएल कारोस अवार्ड : हाइलाइट अफ द इयर इलेक्ट्रिक ह्याच, मोबिलिडेड एस्टाडाओ २०२४ अवार्ड :  वेस्ट इलेक्ट्रिक कार–जर्नल दो कारो च्वाइस, ट्रेन्ड कार २०२३ (टेरा–गाइड द कारो) इलेक्ट्रिक कार, पर्चेज अफ द इयर २०२४ (मोटर सो): इलेक्ट्रिक अप टु दुई लाख ब्राजिलियन रियाल, लाअटो प्रिफेरिटा : वेस्ट इलेक्ट्रिक अप टु दुई लाख ब्राजिलियन रियाल, कार अवार्डस् ब्राजिल (कार म्यागजिन) : बेस्ट इलेक्ट्रिक कार, टोप कार टिभी : बेस्ट इलेक्ट्रिक अप टु दुई लाख ब्राजिलियन रियाल ।

ad
ad