१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १३:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रैथाने उत्पादन खरिद तथा अर्गानिक मल बिक्री गर्दै चन्दननाथ सहकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १३:२८:oo

चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले कर्णालीमा उत्पादन हुने रैथाने बालीको बजारीकरण गर्दै आएको छ।

जुम्लासहित हिमाली जिल्ला मुगु, डोल्पा, हुम्ला कालीकोटमा उत्पादन हुने रैथानी बाली सिमी, फापर, मार्सी चामल, चिनो, कागुनो, स्याउको अर्गानिक मिनीमार्केटमार्फत बजारीकरण गरी बिक्री–वितरण गर्दै आएको छ। 

कर्णाली प्रदेशको जुम्ला र सुर्खेतमा मिनीमार्केट सञ्चालन गरेर रैथाने बालीको बजारीकरण गर्दै आएको छ। कृषकको अर्गानिक उत्पादन खरिदसहित अर्गानिक आयो अल्गा हरियो मल सुपथ मूल्यमा बिक्री गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाका व्यवस्थापक ऋषिराम पाण्डेले बताए। 

उनले भने, ‘बजारमा प्रतिकेजी सय रुपैयाँमा बिक्री हुने हरियो मल सहकारीले कम्पनीकै मूल्य ६५ रुपैयाँमा बिक्री गर्दै आएको छ।’ 

पुस माघको महिना स्याउ काँटछाँट, मलजल बगैँचा व्यवस्थापन गर्ने सिजन हो। सिजनलाई मध्यनजर गर्दै चितवनको एग्रो कियरबाट अर्गानिक बायो अल्गा हरियो मल बिक्री–वितरण गर्दै आएको उनले बताए। उनले भने, ‘मल खरिद गर्नका पैसा नै चाहिन्छ भन्ने छैन। प्रतिकेजी ६५ रुपैयाँबराबर जिन्सी सामग्री अन्नबाली दिँदा पनि हुने व्यवस्था मिलाइएको छ।’

सहकारीले कम्पनीकै मूल्यमा बिक्री गर्ने गरी १८ टन मल जुम्ला ल्याएको छ। जुम्लाका १४ वटा सेवा केन्द्रमार्फत बिक्री–वितरण गर्दै आएको संस्थाले जनाएको छ। सहकारीले १५ लाख ६७ हजार सात सय रुपैयाँमा खरिद गरी १८ टन बायो अल्गा हरियो मल ल्याएको हो।  

नेपालमा चर्चित जुम्ली मार्सीधान ब्लास्ट रोगले नस्ट हुने र उत्पादन निकै घट्ने भएकोले सहकारीले माघमा माटो परीक्षण शिविर सञ्चालन गर्ने योजना बनाएकाको पाण्डेले जानकारी दिए। उनले भने, ‘मार्सी धान चमलको सहकारी मिनीमार्केटमार्फत बिक्री–वितरण गर्दै आएकाले ब्लास्ट रोगले उत्पादनमा ह्रास आउन थालेकोले माटो परीक्षण गर्ने योजना बनाएको हो।’  
 

ad
ad