Skip This
लिटिल एन्जेल्स अन्तरकलेज फुटबल प्रतियोगिताको उपाधि लिभरपुललाई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ९ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष ९ सोमबार १२:४७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

लिटिल एन्जेल्स अन्तरकलेज फुटबल प्रतियोगिताको उपाधि लिभरपुललाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष ९ सोमबार १२:४७:oo

पाँचौँ लिटिल एन्जेल्स अन्तरकलेज फुटबल प्रतियोगिताको उपाधि लिभरपुल कलेजले जितेको छ। मंसिर १९ देखि २६ गतेसम्म सञ्चालित प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनल खेलमा लिभरपुलले नामी कलेजविरुद्ध रोमाञ्चक जित हासिल गरेको हो।

लिटिल एन्जेल्स कलेजको खेलमैदानमा भएको प्रतियोगितामा उपत्यकाका विभिन्न मावि–कलेजका विद्यार्थी सहभागी थिए। सो प्रतिस्पर्धामा नामी कलेज र लिभरपुल कलेज फाइनलमा स्थान पक्का गरेका थिए ।

तोकिएको समयसम्म खेल बराबरी भएपछि टाइब्रेकरमा पुगेको थियो। अन्ततः लिभरपुलले नामी कलेजलाई ५–४ गोलअन्तरले पराजित गरेको हो।

लिभरपुलका विपिन कार्की उत्कृष्ट खेलाडी र लिभरपुलकै विश्राम टन्डन उत्कृष्ट प्रशिक्षकका रूपमा पुरस्कृत भए।