१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

क्रिसमस मनाउन मकवानपुरको राक्सिराङमा तीन दिन सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१३:oo

मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै क्रिसमस मनाउन यही पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा क्रिसमसको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने उल्लेख गरिएको छ ।

यस्तै, अध्यक्ष मल्लले इसाई धर्मावलम्बीहरूले हरेक वर्ष डिसेम्बर २५ का दिन हर्षोल्लासपूर्वक मनाउने महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा शुभकामनासमेत व्यक्त गरेका छन् ।

उनले यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा राखेको उल्लेख गरेका छन् ।

ad
ad