१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ७ शनिबार
  • Saturday, 06 July, 2024
२o८o पौष ७ शनिबार ११:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लाको चार पालिका केन्द्रमा गाडी पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ७ शनिबार ११:oo:oo

देशको एक मात्रै राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट हो। ७६ जिल्लाको सदरमुकामसम्म गाडी गुड्न थालेका छन्। हुम्लाको सदरमुकाम सिमकोट अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन। 
०७१ साल चैत ९ गते राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कालिकोट–हुम्लाको एक सय ३७ किलोमिटरमध्ये एक सय २२ दशमलव ७५ किलोमिटर दूरीको सडकको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो। 

नेपाली सेनाले सुरु गरेको ६ वर्षमा ९० प्रतिशत सडकको ट्र्याक खोलेपछि गाडी गुड्न थालेको थियो। जिल्लाको दक्षिण भेगको ताजाँकोट,अदानचुली केन्द्र  र चंखेली गाउँपालिका सर्केगाडको सिमानासम्म गाडी गुड्न थालेपछि हुम्लीवासी खुसीले गदगद देखिन्थे। 

बाँकी रहेको हुम्लालाई सडक सञ्जालमा जोडन् १५ किलोमिटर भाग सेनालाई नै जिम्मा दिनुपर्ने स्थानीयको माग रहेको थियो। कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म १ सय २२ दशमलव सेनाले ट्र्याक खोलेर ०७८ साल असार २९ गते रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाको जिम्मेवारीमा रहेको कर्णाली करिडोर सडक निर्माण कार्यदले निर्माणाधीन करिडोर खुलालु लैफु सल्लीसल्ला आयोजनाको काम सम्पन्न गरी हिल्सा सिमकोट सडक योजनाका तत्कालीन योजना प्रमुख बिसुनदास लामा र बाजुराको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ललाई हस्तान्तरण गरेको थियो ।

ट्र्याक खोलेर सडक हस्तान्तरण गरेसँगै हुम्लाको ताजाँकोट, अदानचुली गाउँपालिका केन्द्रसम्म गाडी गुड्दै आएका थिए । तर, चंखेली गाउँपालिका र सर्केगाड गाउँपालिका सिमानासम्म मात्रै गाडी गुड्थे। कर्णाली नदीमा पुल निर्माण नहुँदा दुई गाउँपालिका केन्द्रसम्म गाडी गुडन् सकेका थिएनन्। 

पुलले जोड्यो दुई पालिकामा  पनि सडक
हुम्लाको सल्लीसल्लामा बेलिब्रिज पुल निर्माण भएसँगै  सर्केगाड, चंखेली गाउँपालिका केन्द्रसम्म गाडी गुडन् थालेका छन्। चंखेली र सर्केगाडको सिमानामा पर्ने सल्लीसल्ला नदीमा बेलिब्रिज पुल निर्माण भएपछि दुई पालिकाको केन्द्रमा गाडी गुड्न थालेका हुन्। बेलिब्रिज पुल निर्माण भएपछि अब सर्केगाड र चंखेली  गाउँपालिका केन्द्रसम्म सीधै गाडी आउजाउ गर्न थालेका छन्। मालबाहक ट्रक बोलेरो जिप टयाक्टर नेपालगन्ज,सुर्खेतदेखि हुम्लाका दुई पालिका केन्द्रसम्म आउजाउ गर्न सहज भएको छ । 

बाजागाजासहित बेलिब्रिज उद्घाटन
शुत्रबार पुल उद्घाटन गर्न हुम्लाको सल्लीसल्ला पुगेका भौतिक तथा यातायतामन्त्री प्रकाश ज्वालाको टोलीलाई स्थानीयवासीले बाजागाजासहित स्वागत गरेको सर्केगार्ड गाउँपालिका- १ का स्थानीय रतन रावतले जानकारी दिए। चंखेली गाउँपालिका र सर्केगाड गाउँपालिकाले संयुक्त रूपमा  टोलीलाई स्थानीय बाजागाजासहित भव्य रूपमा स्वागत गरेको रावतको भनाइ छ। 

एक करोड ७६ लाख ८२ हजार ४६० लागतमा सल्लीसल्लामा पुल  निर्माण भएर गाडी गुड्न थालेसँगै सल्लीसल्ला बजारसमेत सर्केगाड गाउँपालिका केन्द्र र चंखेली गाउँपालिका केन्द्र सारेका छन्। होटेल पसल व्यवसायी गर्दै आएका हुम्ला, मुगु, बाजुरा, कालीकोट, जुम्लाका व्यवसायीहरू सर्केगाड र चंखेली गाउँपालिका केन्द्रतर्फ सारेका छन्। 

 पुल उद्घाटन गर्न जम्बो टोली
भर्खरै सम्पन्न भएको सल्लीसल्लाको कर्णाली नदीमा निर्माणाधीन बेलिब्रिज निर्माण भएपछि पुल उद्घाटन गर्ने जम्बो टोली सल्लीसल्ला पुगेको छ। बेलिब्रिजको निर्माण भएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित जम्बो टोली हुम्लाको सल्लीसल्ला पुल उद्घाटन गर्न पुगेका छन्। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, हुम्ला जिल्लाबाट प्रतिनिधिसभा सदस्य छिरिङ दम्डुल लामा (कार्चेन) पुर्वमुख्यमन्त्री जीवनबहादुर शाही, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उत्तर-दक्षिण व्यापारी मार्गका उपमहानिर्देशक प्रेमप्रकाश खत्री, संघीय सडक सुपेरिवेक्षक कार्यालय सुर्खेतका यामबहादुर खड्का भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार खत्री नेपाली सेनाका सहायक रथी विकास पोखरेललगायतको जम्बो टोलीसहित हुम्लाको सल्लीसल्लाको बेलिब्रिजको उद्घाटन पुगेका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले छिटोमा आउँदो चैत महिना र ढिलोमा आउँदो असार महिनामा हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने प्रतिबद्धता जनाए। 
 

ad
ad
ad
ad