१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १४:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एम्बुलेन्स चलाएर बिरामी लिन आफैँ बस्ती पुग्छन् नगरप्रमुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:o८:oo

जिल्लाको छायाँनाथ रारा नगरपालिकामा नगरप्रमुख विष्णुकुमार भामले एम्बुलेन्स सेवा सुरु गरेका छन्।

समृद्ध नगरपालिका बनाउने भन्दै जनताको सेवासँगै विकास निर्माणका विभिन्न अभियान सञ्चालन गरेका नगरप्रमुख भामले बिहीबारदेखि एम्बुलेन्स सेवा सुरु गरेका हुन्।

चालक अनुमतिपत्र प्राप्त गरेसँगै नगरप्रमुख भामले बिहीबार छायाँनाथ रारा नगरपालिका– ६ बालै गाउँका बिरामी ७० वर्षीय लोकबहादुर भाम र ६८ वर्षीया हिमकलालाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍गाएर एम्बेलन्स सेवा सुरु गरेका छन्। 

कार्यालयको कामसँगै आवश्यकताअनुसार बिहान र बेलुका तथा बिदाको दिन सडकको पहुँच पुगेका बस्तीमा एम्बुलेन्स सेवामार्फत बिरामीको सेवा गर्ने उनले बताए।

उनले समृद्ध नगरपालिका बनाउन सरसफाइ अभियान, श्रमदानलगायतका विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। एम्बुलेन्स सेवाबाट गाउँ–बस्तीका बिरामी लाभान्वित हुनेछन्। 

नगरपालिकाको एक एम्बुलेन्स र एम्बुलेन्सचालक पनि छन्। एम्बुलेन्सचालक घरायसी समस्याका कारण यति वेला घरबिदामा छन्।

आफूलाई सवारीसाधन चलाउन आउने भएकाले र चालक अनुमतिपत्र पनि प्राप्त भइसकेकाले नगरपालिकाभित्र एम्बुलेन्स सेवा आफैँ सुरु गरेको उनले बताए। 

उनी भन्छन्, ‘यो सेवा नगरप्रमुख रहँदा मात्रै सञ्चालन हुँदैन, कार्यकाल सकिएपछि पनि आफ्नै लगानीमा एम्बलेन्स खरिद गरेर भए पनि बिरामीको सेवालाई निरन्तरता दिनेछु।’

ad
ad