१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बागमतीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:३३:oo

मकवानपुरको बागमती गाउँपालिकामा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलचालकको ज्यान गएको छ। बागमती गाउँपालिका– ८ साततलेमा बिहीबार साँझ बागमती प्रदेश ०३–००२ प ३२६५ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलचालक स्थानीय ४२ वर्षका अमर पाख्रिन गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा राति हेटौँडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । तीव्र गतिका कारण मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना प्रहरीले जनाएको छ ।
 

ad
ad