मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ५ बिहीबार
  • Thursday, 23 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o पौष ५ बिहीबार १७:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशद्वारा शपथग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष ५ बिहीबार १७:o५:oo

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले नवनियुक्त न्यायाधीशहरू सार‌ंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

राष्ट्रपति पौडेलले बुधबार उहाँहरूलाई न्यायाधीश पदमा नियुक्त गरेका थिए। संसदीय सुनुवाइ समितिको बैठकले बुधबार सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन गरेको थियो। 

उनीहरूको गत मंसिर २९ तथा यही पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो। न्याय परिषद्को गत ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशको नाम सिफारिस गरेको थियो।