१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : नयाँ पत्रिका अर्काइभ ।
२o८१ बैशाख २० बिहीबार १३:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडक चार घन्टा बन्द हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३३:oo

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही ७ पुसदेखि दैनिक ४ घन्टा सवारी आवागमन बन्द हुने भएको छ ।

नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने जनाएको छ । 

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिनेछन् भने मालवाहक सवारीसाधन भतेरी जंगलदेखि रामनगरसम्म रोकिनेछन् ।
 
यसैगरी, काठमाडौंबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोक्नुपर्नेछ । 

पोखराबाट आउने यात्रीवाहक सवारीसाधन बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ ।
 
उक्त सडकका १९ वटा पुलमध्ये चारवटा चार वर्षअघि निर्माण भएका हुन्भने  बाँकी १५ पुलको काम एकै साथ थालिएको थियो । (रासस)

ad
ad