१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १४:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लेखा समितिका सभापतिको अभिव्यक्तिप्रति कांग्रेस सांसद थापाको आपत्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:o२:oo

कांग्रेस सांसद गगनकुमार थापाले राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा राखेको चासोलाई लिएर सार्वजनिक लेखा समितिका सभापतिले व्यक्त गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । 

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद थापाले लेखा समितिका सभापति ऋषिकेश पोखरेलको अभिव्यक्तिले संसद्को गरिमा र मर्यादामा आँच पुर्‍याएको बताए । 

समितिको हिजोको बैठकले प्रधानमन्त्रीलाई बोलाएर गम्भीर छलफल गरी सरकारलाई निर्देशन दिएको छ, र प्रभावकारी निर्णयहरू गरेको छ । तर, एउटा समितिको निर्णयमाथि संसद्को अर्को समितिका सभापतिले यो स्तरमा उत्रिएर टिप्पणी गर्नु आपत्तिजनक विषय छ । संसद्को गरिमा र मर्यादासँग जोडिएको विषय हो,’ सांसद थापाले भने, ‘त्यसैले यो विषयमा सभामुखसँग गम्भीरतापूर्वक छलफल गरियोस् ।’

राज्य व्यवस्था तथा सुशासन समितिले हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर एनसेलको सेयर खरिद–बिक्रीबारे सरकारको धारणा सुनेको थियो । साथै, बैठकले ०८६ मा एनसेलको स्वामित्व सरकारमा ल्याउने गरी आवश्यक कानुनी व्यवस्था मिलाउन निर्देशन दिएको थियो । 

त्यसबारे आज सामाजिक सञ्जालबाट टिप्पणी गर्दै सार्वजनिक लेखा समितिका सभापति पोखरेलले असन्तुष्टि जनाएका थिए । राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिलाई लक्षित गरी उनले सरकारी सुण्डमुसुण्डहरू भनेका थिए भने लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णय र सरकारलाई दिएको दबाब कमजोर बनाउन तथा भ्रष्टाचार छोप्न आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएको भन्दै आलोचना गरेका थिए । 

‘...सरकारी सुण्डमुसुण्डहरू सार्वजनिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

सभापति रामहरि खतिवडाले यसको विषयमा सभामुखसँग छलफल गर्ने प्रतिबद्धता जनाए । 

ad
ad