१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका रुपन्देही
२o८१ बैशाख २० बिहीबार १७:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रुपन्देहीबाट १०९ कार्टुन चकलेटसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुपन्देही
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१६:oo

रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ स्थित मिलनचोकबाट सशस्त्र प्रहरीले सोमबार करिब १०९ कार्टुन चकलेटसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल राजस्व प्रहरी इकाइ बुटवलबाट खटिएको टोली र राजस्व अनुसन्धान कार्यालय बुटवलले चेक गर्ने क्रममा लु १ ज ४६५१ नम्बरको गाडीमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको उक्त चकलेटसहित दुईजनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका– १२ बस्ने ४० वर्षीय मदन अर्याल र भारतको गोरदपुर घर भई हाल रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–५ पुरानो बसपार्क बस्ने २६ वर्षीय मुकेश गुप्ता रहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएको १०९ कार्टुन चकलेटमध्ये ४० कार्टुन सोही गाडीबाट र ६९ कार्टुन बुटवल उपमहानगरपालिका–५ बस्ने वसन्त कालीराजको घरबाट बरामद भएको हो।

प्रहरीले नियन्त्रणमा लिइएका दुवैजनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ।

ad
ad