संघीय सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेकाे छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले साे रिटमा यस्तो आदेश दिएको हो।
एनसेलको सेयर बिक्री रोक्न माग गर्दै सांसद सिंहले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै सर्वोच्चले १६ पुसमा दुवै पक्षलाई छलफलमा बोलाएको छ। सांसद सिंहले २२ मंसिरमा रिट दर्ता गराएका थिए।