१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

होन्डा डिओ–१२५ को बिक्री सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:५८:oo

 नेपालका लागि होन्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले होन्डा डिओ–१२५ स्कुटीको बिक्री–वितरण सुरु गरेको छ । नेपालमा सर्वाधिक बिक्री हुने होन्डाका दुईपांग्रे सवारीसाधनमध्ये होन्डा डिओ स्कुटरको पछिल्लो संस्करण होन्डा डिओ–१२५ मा प्रविधिमैत्री पुस्ताको आवश्यकता र सन्तुष्टिका लागि नवीन विशेषता रहेका सिप्रदीले जनाएको छ । 

साथै, १२५ सिसी क्षमताको इन्जिनका साथ होन्डा डिओ–१२५ रोमाञ्चक यात्राको भरपर्दो र शक्तिशाली सहयात्री बन्नेमा कम्पनी विश्वस्त छ । ‘स्मार्ट’ चाबीले ‘अनलक’ र ‘स्टार्ट’ हुने यो स्कुटीमा ‘साइड स्ट्यान्ड’ लगाउँदा ‘स्टार्ट’ बन्द हुने प्रविधि, कम इन्धनमा अधिकतम माइलेज दिने पिजिएम–एफआई सिस्टमलगायतका अत्याधुनिक प्रविधि रहेको बताइएको छ । त्यसैगरी, यो स्कुटीमा स्टार्ट गर्दा एकदमै कम आवाज आउने वातावरणमैत्री एसिजी प्रविधि पनि जडित रहेको बताइएको छ । 

सिप्रदीका अनुसार डिओ–१२५को बुकिङ र बिक्री धमाधम भइरहेको छ । भर्खरै सम्पन्न नाडा अटो सोमा पहिलोपटक प्रदर्शनीमा राखिएको यो स्कुटीले थुप्रै ग्राहकको ध्यान तानेको दाबी गरिएको छ । यसको सुरुवाती मूल्य दुई लाख ९९ हजार नौ सय रहेको कम्पनीले जनाएको छ । 

ad
ad