१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी इस्लामाबाद
२o८१ बैशाख २० बिहीबार o८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

पिटिआईको चुनावी  र्‍यालीमा एआईको प्रयोग

Read Time : < 1 मिनेट
एजेन्सी, इस्लामाबाद
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५५:oo

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको दलले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ को प्रयोग गरी उनको आवाजको प्रतिरूप (भ्वाइस क्लोन) लाई चुनावी प्रचारमा ल्याएको छ । पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीले ७१ वर्षीय खानबाट प्राप्त चार मिनेटको सन्देशलाई एआईको प्रयोग गरेर ‘भ्वाइस क्लोन’ सार्वजनिक गरिएको जनाएको छ ।

निर्वाचनका लागि तयार पारिएको प्रतिरूप आवाजलाई निर्वाचन अभियानका लागि ‘भर्चुअल र्‍याली’ भनिएको छ । पिटिआईका अनुसार खानका वकिलमार्फत् पार्टीले प्राप्त गरेको उक्त लिखित सन्देश खानद्वारा तयार पारिएको सशक्त भाषामा आधारित छ । एलेभेनल्याब्स नामक एआई फर्मको एक उपकरण प्रयोग गरेर खानको प्रतिरूप आवाज श्रव्य सामग्रीका रूपमा तयार गरिएको थियो । एलेभेनल्याब्सले विद्यमान भाषण नमुनाहरूबाट ‘भ्वाइस क्लोन’ सिर्जना गर्ने क्षमताका लागि उत्कृष्टताको दाबी गर्दै आएको छ । भ्रष्टाचार अभियोगमा खान अगस्टदेखि कारागारमा छन् ।

उनीमाथि गोपनीय दस्ताबेजहरू चुहावट गरेको आरोपमा मुद्दा चलाइएको छ । आरोपको खण्डन गर्दै पूर्वप्रधानमन्त्री खानले आफूविरुद्धको मुद्दा फेब्रुअरीमा हुने आमचुनावमा आफूलाई प्रतिस्पर्धाबाट रोक्नका लागि गरिएको षड्यन्त्र भएको दाबी गर्दै आएका छन् । खानको नक्कली आवाजमा तयार पारिएको सन्देशमा भनिएको छ, ‘मेरा पाकिस्तानी साथीहरू, म पहिले यो ऐतिहासिक प्रयासका लागि सामाजिक सञ्जाल समूहको प्रशंसा गर्न चाहन्छु ।’ ‘सायद तपाईंहरू सबैले म जेलमा के गर्दै छु भनेर सोचिरहनुभएको होला ? साँचो स्वतन्त्रताका लागि मेरो अठोट आज पनि एकदमै सशक्त छ ।’

फेसबुक, एक्स र युट्युबमा पिटीआई समर्थकलाई दिएको भाषणको पाँच घन्टाको लाइभ स्ट्रिमको अन्त्यमा उक्त अडियो प्रसारण राखिएको छ र यसमा खानको ऐतिहासिक भिडियो तथा तस्बिरहरू राखिएका छन् । अमेरिकास्थित पिटिआईका सामाजिक सञ्जाल प्रमुख जिब्रान इलियासले भने, ‘यो वास्तवमा राजनीतिक र्‍यालीमा इमरान खानको प्रत्यक्ष अनुपस्थितिमा यो दमनबाट माथि उठ्नका लागि तयार पारिएको सामग्री हो । यो हाम्रा लागि कुनै जादुयी कुरा भने होइन ।’

ad
ad