१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयले बनायो विश्वरेकर्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:२o:oo

त्रिभुवन विश्वविद्यालयले विश्वरेकर्ड कायम गरेको छ। एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर रेकर्ड बनाएकाे त्रिविलाई ‘अफिसियल वर्ल्ड रेकर्ड’ले प्रमाणपत्र दिएको हो।

यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। आज त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको ४९औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ।

‘अफिसियल वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुसाललाई विश्वरेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ।

आजको दीक्षान्त समारोह अवलोकन गर्न उक्त संस्थाका प्रतिनिधि नेपाल आएका थिए।

ad
ad