१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालमा लगानी विस्तार गर्न पेन्सन योजना वित्त परिचालन गर्न सक्छौँ : क्यानेडाली राजदूत म्याके

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:१४:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा आइतबार भएको भेटमा नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भएको बताइएको छ।

मन्त्री रिजालले पाँच दशक लामो दुईपक्षीय कूटनीतिक सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै क्यानडाबाट नेपालमा गैरसरकारी संस्थामार्फत कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विकास सहायता प्राप्त भइरहेको जानकारी गराएका थिए। उनले क्यानेडाली विकास सहायता परिचालनमा नेपाललाई थप प्राथमिकता प्राप्त हुने अपेक्षा रहेकोसमेत स्पष्ट पारे।

क्यानडा नेपालको प्रमुख व्यापार साझेदारको रूपमा रहेको स्मरण गराउँदै मन्त्री रिजालले क्यानडाले नेपाललगायत विकासशील तथा अतिकम विकसित मुलुकलाई सामान्य ग्राह्यता प्रणालीमार्फत सहुलियतपूर्ण बजार पहुँचको सुविधा प्रदान गर्दै आएको उल्लेख गरे। नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नतिपश्चात् समेत अतिकम विकसित मुलुकलाई प्राप्त हुने सुविधाको निरन्तरताको अवधि थप गरिदिन मन्त्री रिजालले अनुरोधसमेत गरेका छन्।

त्यसैगरी, उनले नेपाललाई प्राप्त सहुलियतपूर्ण बजार पहुँचको बाबजुद क्यानडातर्फको निर्यातको आकार उल्लेख्य बढ्न नसकेको सन्दर्भमा नेपाली उत्पादक तथा निर्यातकर्ताको क्षमता अभिवृद्धि तथा व्यापारमा रहेका अवरोधको पहिचान र समाधान गर्न दुई मुलुकबीच सरकारी तहका अतिरिक्त निजी क्षेत्रबीच समेत निरन्तर सहकार्य अपरिहार्य देखिएको धारणा राखे।

नेपालमा क्यानेडाली लगानीकर्ताका लागि सूचना प्रविधि, जलविद्युत्, कृषिमा आधारित उद्योगजस्ता क्षेत्रमा लगानीका पर्याप्त अवसर तथा सम्भावना रहेको बताउँदै मन्त्री रिजाल्लले आगामी वर्षको अप्रिलमा नेपालमा लगानी सम्मेलन आयोजना हुन लागेको जानकारी गराए। 

भेटमा राजदूत म्याकेले अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिपश्चात् समेत नेपालले हाल प्राप्त गरिरहेको सहुलियतपूर्ण बजार पहुँचलाई थप केही वर्षसम्म निरन्तरता दिने विषय महत्वपूर्ण रहेको बताए। यस विषयलाई नेपाल र क्यानडाबीचको द्विपक्षीय परामर्श संयन्त्रको आगामी बैठकको प्रमुख एजेन्डाको रूपमा राख्न राजदूत म्याकेले सुझाव दिए।

यसैगरी, नेपालमा क्यानेडाली लगानीको विस्तार र प्रवर्द्धन गर्न क्यानडाको पेन्सन योजनामा रहेको वित्तलाई सार्वजनिक–निजी साझेदारीको अवधारणामार्फत परिचालन गर्न सकिने प्रचुर सम्भावना रहेको राजदूत म्याकेले स्पष्ट पारे।

ad
ad