१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नवजीवन सहकारीले काठमाडौंसहित तीन जिल्लामा शाखा विस्तार गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४१:oo

धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडले काठमाडौं, डडेल्धुरा र कञ्चनपुरको महेन्द्रनगरमा शाखा विस्तार गर्दै

धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडले काठमाडौंसहित तीन जिल्लामा शाखा विस्तार गर्ने भएको छ । नवजीवनको बुधबारको ३०औँ साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष देवबहादुर बमले काठमाडौं, डडेल्धुरा र कञ्चनपुरको महेन्द्रनगरमा शाखा स्थापनाका लागि अनुमति पाइसकेको जानकारी दिए ।

अध्यक्ष्य बमले कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय सुदूर नेपाल बचत तथा ऋण सहकारी संस्थासँग मर्ज गरेर शाखा सञ्चालन गर्न लागिएको बताए । नवजीवन सहकारी संस्थाको चुक्ता सेयर पुँजी गत आर्थिक वर्षमा २८ करोड २४ लाख ५४ हजार रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । 

०७९ असार मसान्तसम्म संस्थाको सेयर पुँजी २६ करोड २६ करोड ९५ लाख ६८ हजार रुपैयाँ रहेकोमा गत असार मसान्तसम्म सो सेयर पुँजी ४.७८ प्रतिशतले वृद्धि भई २८ करोड २४ लाख ५४ हजार पुगेको अध्यक्ष बमले जानकारी दिए ।

नवजीवन सहकारी संस्थाले गत आर्थिक वर्षमा चार अर्ब ४१ करोड ४५ लाख ४१ हजार निक्षेप संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ७.९० प्रतिशतले बढी हो । 

अध्यक्ष बमका अनुसार गत असार मसान्तसम्ममा एक अर्ब १९ करोड ३५ लाख ४३ हजार तरलता छ भने सो अवधिमा तीन अर्ब ९१ करोड ४६ लाख २५ हजार कर्जा लगानी भएको छ । असार मसान्तसम्म संस्थाको जगेडा कोषमा ५५ करोड ५४ लाख पुगेको जनाइएको छ ।

ad
ad