१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सेवा लम्साल पहिलो महिला परराष्ट्रसचिव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:o४:oo

नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट एमफिल तथा त्रिभुवन विश्वविद्यालयबाट एमपिए गरेकी भोजपुर स्थायी ठेगाना भएकी सेवा लम्साल २५औँ परराष्ट्रसचिव हुन्

सरकारले वरिष्ठ सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गरेको छ । यससँगै लम्साल परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हाल्ने पहिलो महिला सचिव बनेकी छिन् । उनी २५औँ परराष्ट्रसचिव हुन् । 

लम्साल अहिले परराष्ट्र मन्त्रालयको प्रवक्ता तथा संयुक्त राष्ट्रसंघ हेर्ने डिभिजन प्रमुखका रूपमा कार्यरत छिन् । त्यसअघि उनी पाकिस्तानका लागि नेपाली राजदूत थिइन् । 

लम्सालले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट एमफिल तथा त्रिभुवन विश्वविद्यालयबाट एमपिए गरेकी छिन् । भोजपुर स्थायी ठेगाना भएकी नवनियुक्त सचिव लम्सालले ०६७ मा परराष्ट्रको उपसचिवमा नाम निकालेकी थिइन् । त्यसको एक वर्षमा उनी सहसचिव भएकी थिइन् । 

नेपालमा ००७ सालपछि मात्रै परराष्ट्र मन्त्रालय र परराष्ट्रसचिवको प्रचलन सुरु भएको हो । त्यसयता हालसम्म २४ जना परराष्ट्रसचिव भए, सबै पुरुष थिए । २४औँ सचिव भरतराज पौड्याललाई सरकारले क्यानडाका लागि नेपाली राजदूत सिफारिस गरेको छ । उनले २० मंसिरमा अवकाश पाएका थिए । त्यसयता निमित्त सचिव रहेकी लम्सालले अब सचिवको कार्यभार सम्हाल्नेछिन् ।

यसअघि प्राध्यापक सरदार नरेन्द्रमणि आचार्य दीक्षित, प्राध्यापक रामप्रसाद मानन्धर, मेजर जनरल शौभाग्यजंग थापा, नरप्रतापशमशेर थापा, प्राध्यापक सरदार यदुनाथ खनाल, मेजर जनरल पदमबहादुर खत्री, झरेन्द्रनारायण सिंह, भरतराज राजभण्डारी, उद्धवदेव भट्ट, जगदीशशमशेर राणा, विश्व प्रधान, नरेन्द्रविक्रम शाह, यादवकान्त सिलवाल, केदारभक्त श्रेष्ठ, कुमारप्रसाद ज्ञवाली, मुरारीराज शर्मा, नारायणशमशेर थापा, मधुरमण आचार्य, ज्ञानचन्द्र आचार्य, मदनकुमार भट्टराई, दुर्गाप्रसाद भट्टराई, अर्जुनबहादुर थापा र शंकरदास बैरागीले परराष्ट्रसचिवको कार्यभार सम्हालिसकेका छन् ।

ad
ad