१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार २o:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतीय सहयोगमा उदयपुरमा विद्यालय भवन बन्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:२५:oo

पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय राजदूतावासका  नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले नेपाल–भारत विकास सहकार्यअन्तर्गत उदयपुरको बेलका नगरपालिकास्थित श्री जनता बेलका माध्यमिक विद्यालय भवनको शिलान्यास गरेका छन्। भारत सरकारको तीन करोड ७९ लाख आर्थिक सहयोगमा विद्यालय भवन निर्माण हुनेछ। 

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गतको भारत सरकारको अनुदान सहयोग आवश्यक कक्षा कोठा र अन्य पूर्वाधार संरचनासहितको तीनतले विद्यालय भवनको निर्माणमा उपयोग गरिने भारतीय राजदूतावासले जनाएको छ। 

नेपाल र भारत सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा भारतले अघि बढाएको छ। उदयपुरको बेलका नगरपालिकामार्फत यो परियोजनाको कार्यान्वयन हुनेछ। 

पूर्वपरराष्ट्रमन्त्री खड्काले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले सहयोग गर्दै आएको भन्दै प्रशंसा गरे। भारतीय राजदूतावासका नियोग उपप्रमुख श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण हिस्सा भएको बताए। उनले नेपाल सरकारको प्राथमिकताअनुरूप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए। 

विद्यालयको भवन निर्माण सम्पन्न भएपछि नयाँ विद्यालय भवनले श्री जनता बेलका माविका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्नुका साथै यस क्षेत्रमा शिक्षाको विकासमा योगदान पुर्‍याउनेछ। 

भारतीय राजदूतावासका अनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्। यीमध्ये ८४ वटा परियोजना कोशी प्रदेशमा रहेका छन् जसमा ११ वटा परियोजना उदयपुरमा छन्। 

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ, जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिएको छ। यसमा १२ वटा एम्बुलेन्स र एक स्कुल बस उदयपुर जिल्लालाई उपलब्ध गराइएको छ।

ad
ad