१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १९:११:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘नो विन्टर होलिडेज्’लाई उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:११:oo

राजन कठेत र सुनील पाण्डेको ‘नो विन्टर होलिडेज्’ले उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड जितेको छ।

११औँ संस्करणको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ‘नो विन्टर होलिडेज्’ले उक्त अवार्ड जितेको हो। विभिन्न चलचित्र महोत्सवमा पुगेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन गरिएको थियो।

त्यस्तै, सर्ट फिल्मतर्फ आकांक्षा कार्कीको ‘सनाई’ले ‘बेस्ट न्यारेटिभ’ अवार्ड पाएको छ। उत्कृष्ट सर्ट डकुमेन्ट्रीतर्फको अवार्ड नेपालका एलएसएम र सहयोगराज अधिकारीको ‘यात्रा’ले पाएको छ।

उत्कृष्ट सर्ट डकुमेन्ट्री इन्टरनेसनलतर्फको अवार्ड भने स्पेनका जुलेन जुबिटको ‘अ माउन्टेन अफ मेमोरिज’ले हात पारेको छ। उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड ‘एज अफ लर्निङ’बाट शुभांगी खड्काले पाएकी छिन्।

उत्कृष्ट छोटो कथानक अन्तर्राष्ट्रियतर्फको अवार्ड जर्मनका जवाहिन जेनिटारको ‘अन माई फादर ग्रेभ’ले पाएको छ। त्यस्तै, उत्कृष्ट कथानकका लागि बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’लाई र फिचर डकुमेन्ट्रीतर्फ सौरभ कान्ति दत्तको ‘फतिमा’लाई जुरी मेन्सन अवार्ड प्रदान गरियो।

महोत्सवमा विश्वभरबाट खुला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायतका नेपालसहित २७ देशका ५४ वटा चलचित्रहरू देखाइएको थियो। महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई थिए।

ad
ad