१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

तातोपानी गाउँपालिकाका सबै परिवारको ‘घर बिमा’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:o८:oo

तातोपानी गाउँपालिकाले पालिकाको सबै वडाका तीन हजार तीन सय घरधुरीकै बिमा गरेको छ। सोमबार शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडसँग घर बिमाको सम्झौता गरिएको हो।

पालिकाका कुनै घरधुरी नछुट्ने गरी तीन हजार तीन सय घरधुरीको एकमुस्ट बिमा गरिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए।

‘विपत् आएर क्षति भइसकेपछि पालिकाले दिएको १०–१५ हजार राहतले कुनै आवश्यकता पूर्ति हुने देखिएन। सबैलाई थौरै–थोरै राहत दिनुभन्दा एकमुस्ट बिमा गरिदिएपछि नागरिक पनि ढुक्क, पालिका पनि ढुक्क। थोरै राहत दिने झन्झट नै हट्यो,’ उनले भने।

त्यही राहत दिने रकमकै बिमामा लगानी गरिएको अध्यक्ष चौलागाईंले बताए। अब कुनै विपतबाट घर भत्किएको खण्डमा नागरिकले उचित राहत पाउने अपेक्षा गरिएको छ।

बाढीपहिरोपछि राहत वितरणमा ढिलाइ हुने, तथ्यांक संकलनमै महिनौँ बित्ने, तत्काल राहत नपाएको भन्ने गुनासो आउनेजस्ता समस्या रहेकाले घरको बिमा नै गरिदिएपछि सबै समस्याबाट मुक्त भइने अध्यक्ष चौलागाईंले उल्लेख गरे।

जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानीले पहिले घर बिमा कार्यक्रम ल्याएको हो। यद्यपि, अन्य पालिकाका केही घरहरूको बिमा भए पनि समग्र पालिकाकै घर बिमा गर्ने तातोपानी पहिलो बनेको छ।

घर बिमाका लागि पालिकाले प्रतिवर्ष करिब १५ लाख ३७ हजार आठ सय रुपैयाँ लगानी गर्नुपर्ने देखिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए। उनका अनुसार बिमापश्चात् विपन्न नागरिकलाई बढी राहत हुनेछ। बिमा कम्पनीसँग सम्झौता भइसकेको र केही दिनमा भुक्तानी दिइने उल्लेख गरे।

यता, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले पालिकाभरिकै घर बिमा गर्ने जुम्लामा तातोपानी पहिलो पालिका बनेको बताए। ‘तातोपानीका तीन हजार तीन सय घरधुरीले अब पाँच लाखबराबर क्षतिपूर्ति पाउनेछन्। जसका लागि प्रतिघरधुरी चार सय ६६ रुपैयाँका दरले पालिकाले प्रिमियम रकम तिरिदिनेछ,’ उनले भने।

विमापश्चात् कुनै विपतबाट क्षति भएमा प्रतिपरिवार पाँच लाख क्षतिपूर्ति पाउने इन्चार्ज पाण्डेको भनाइ छ। बढी क्षतिपूर्ति पाउन स्वयं घरधरीले प्रिमियम रकम बढाएर तिर्न सक्नेछन्।

तातोपानीका ३३ सय घर थपिएसँगै जुम्लामा कुल चार हजार सात सय परिवारको घर बिमा गरिएको शिखर इन्स्योरेन्स जुम्ला शाखाले जनाएको छ।

ad
ad