मार्ग कृष्ण चतुर्दशी (बाला चतुर्थी) का दिन पाशुपत क्षेत्रमा शतबीज छर्न घुइँचो लागेको छ।
कृष्ण त्रयोदशीका दिन पाशुपत क्षेत्रमा रातभर जाग्राम बसी बत्ती बालेर आफ्ना दिवंगत परिवारजनको स्मरण गर्ने र चतुर्दशीका दिन विभिन्न किसिमका सयौँ बीज र फलफूल आदिको सम्मिश्रण गरी बनाइएको शतबीज छर्ने गरिन्छ।
यसका लागि आजै पाशुपत क्षेत्रमा घुइँचो लागेको छ। दिवंगत आत्मालाई स्वर्गसम्म बाटो देखाउन र आत्माको शान्तिको लागि बत्ती बाल्ने मान्यता छ।
तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका