१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

६ वर्षीया नाबालिका छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बुवा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१५:oo

पूर्वी नवलपरासीको कावासोतीमा आफ्नै ६ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार र यौन हिंसा गरेको आरोपमा प्रहरीले  बुबालाई पक्राउ गरेको छ । घरमा ३ महिनादेखि श्रीमती नभएको वेला ६ वर्षीया बालिकालाई आफ्नै बुबाले पटक-पटक यौन हिंसा गरेको घटनामा प्रहरीले आरोपित बुवालाई कावासोतीबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले घटनाको अनुसन्धान भइरहेको र आरोपितलाई पक्राउ गरिएको जानकारी दिए। उनले भने, 'घटना गम्भीर छ, बालिकाको आमालाई बोलाएर बालिकालाई आमाको जिम्मा लगाइएको छ। अब बालिकाको स्वास्थ्य परीक्षण गरेर कारबाही प्रक्रियालाई अगाडि बढाउनेछौँ।'

कावासोती नगरपालिकानिवासी पीडित ६ वर्षीया बालिकामाथि विभिन्न समयमा बुवाबाट यौन हिंसा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी नरहरि रेग्मीले बताए। उनले भने, ‘यौन हिंसा भएको देखिन्छ, बलात्कार भएजस्तो देखिँदैन।’

पीडित बालिकाले आफ्नो बुवाको व्यवहार अस्वाभाविक लागेपछि सँगै पढ्ने साथीहरूलाई बताएकी थिइन्। विद्यालयका प्रधानाध्यापकका अनुसार आफ्नो कानमा उक्त कुरा परेपछि बालिकासँग बुझ्दा पटक-पटक यौन हिंसा र यौन दुर्व्यवहार गरेको खुलेपछि विद्यालयका शिक्षक शिक्षिकाहरूले प्रहरीलाई खबर गरेका हुन्।

पीडित बालिकाकी आमा श्रीमानको यातना सहन नसकेर विगत ३ महिनादेखि घर छाडेर बाहिर काम गर्दै आएको वेला यो घटना भएको हो। अब बालिकाको स्वास्थ्य परीक्षण हुने प्रहरीले जनाएको छ। 

ad
ad