Skip This
पाकिस्तानी बलरविरुद्ध नेपाली ब्याटर संघर्ष गर्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २२ शुक्रबार १३:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पाकिस्तानी बलरविरुद्ध नेपाली ब्याटर संघर्ष गर्दै

यू-१९ एसिया कप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १३:१४:oo

एसिसी अन्डर– १९ एकदिवसीय एसिया कप क्रिकेटमा नेपालको अन्डर– १९ टोलीले अहिले पाकिस्तान यू– १९ सँग प्रतिस्पर्धा गरिरहेको छ । 

युएईको दुबईमा जारी प्रतियोगितामा नेपाली ब्याटर पाकिस्तानी बलरसँग संघर्ष गरिरहेका छन् । पाकिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । 

निर्धारित ५० ओभरमध्ये आधा खेल ब्याटिङ नगर्दै नेपालले पाँच ब्याटर गुमाइसकेको छ ।

ताजा अवस्थामा २६औँ ओभरको खेल चलिरहँदा नेपालले पाँच विकेट गुमाएर ८५ रन बनाएको छ । क्रिजमा मिडलअर्डरका ब्याटर उत्तम मगर र बलर दीपेश कँडेल डटिरहेका छन् । उत्तमले २२ तथा दीपेशले १७ रन बनाइसकेका छन् ।

यसअघि नेपालले अर्जुन कुमाललाई २१, तिलक सात, आकाश त्रिपाठी ६, कप्तान देव त्रिपाठी शून्य रनमा गुमाएको थियो । यस्तै, यही प्रतियोगिताका लागि भनेर टिममा समावेश गरिएका राष्ट्रिय सिनियर टिमका अलराउन्डर गुल्सन झा पनि एक रन बनाएर आउट भइसकेका छन् । 

नेपालले ४६ रन बनाउँदा पाँचौँ विकेट गुमाएको हो । त्यसयता उत्तम र दीपेशबीच ३६ रनको साझेदारी बनिसकेको छ ।