Skip This
इन्दुशंकर चिनी उद्योगको क्रसिङ तयारी पूरा, डुंगापूजा सम्पन्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 27 July, 2024
श्रवण थापा सर्लाही
२o८o मङ्सिर २१ बिहीबार २२:o१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

इन्दुशंकर चिनी उद्योगको क्रसिङ तयारी पूरा, डुंगापूजा सम्पन्न

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार २२:o१:oo

सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगले यस सिजनको क्रसिङ तयारी पूरा गरी डुंगापूजा गरेको छ। 

बिहीबार औपचारिक कार्यक्रमबीच उद्योगले यस सिजनको क्रसिङका लागि डुंगापूजा गरेको जनाएको हो। योसँगै यस सिजनका लागि उद्योग सञ्चालनको अन्तिम तयारीसमेत पूरा भएको उद्योग प्रशासनले जनाएको छ। 

उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ लक्ष्य राखेको उद्योगका प्रशासकीय प्रमुख ठाकुरप्रसाद नेपालले जानकारी दिए। 

बिहीबार बिहान ११ बजेर ५० मिनेटको साइतमा डुंगामा उखु खसालेर क्रसिङ साइत गरिएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए। 

डुंगापुजामा मिलगेट क्षेत्रका अगुुवा उखु किसान, राजनीतिक दलका स्थानीय नेता, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहेको उद्योगले जनाएको हो। डुंगापूजासँगै उद्योग सञ्चालनको तयारी भएको छ। 

शुक्रबारबाट चलान वितरण गरेर २६ गतेबाट क्रसिङ गरिने तयारी भएको प्रशासकीय प्रमुख नेपालले बताए। यस उद्योगले गत सिजन २८ लाख २० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो। 

यस क्षेत्रमा उखु उत्पादन क्षेत्रफल नबढेको भएपछि गुणस्तरीय जातको उखु खेती भएकाले उत्पादन १० देखि १५ प्रतिशतले बढेको उद्योगले जनाएको छ। उत्पादन बढेकाले क्रसिङ लक्ष्य बढाइएको प्रबन्धक रजकले जानकारी दिए।

यस उद्योगले चैत मसान्तसम्म उखु क्रसिङ गर्ने जनाएको छ। यस उद्योगले किसानसँग उखु खरिद गरेको रकम यस पहिला नै भुक्तानी गरिसकेको छ। तर, सरकारले दिने भनेको अनुदानबापतको रकम अझै नपाएको किसानहरूले गुनासो गरेका छन्। 

सर्लाहीको बागमती नगरपालिका–२, निवासी शंकर थापाले अर्को सिजन सुरु हुनै लाग्दासमेत सरकारले अनुदान रकम नदिएर किसानलाई दुःख दिएको गुनासो गरे।

इन्दुशंकरसहित सर्लाहीमा तीनवटा चिनी उद्योग रहेका छन्। त्यसमध्ये गोडैताको महालक्ष्मी चिनी उद्योग र इन्दुशंकर चिनी उद्योग हरिवन मात्र नियमित सञ्चालनमा छन्। 

अर्को, धन्कौलमा रहेको अन्नपूर्ण चिनी उद्योग किसानको भुक्तानी समयमै दिन नसकेपछि पटक–पटक खुल्दै र बन्द हुँदै आएको छ। सर्लाहीमा बर्षेनि ७० लाख क्विन्टलको हाराहारीमा  उखु उत्पादन हुँदै आएको छ। 

जिल्लाको गोडैतामा रहेको महालक्ष्मी चिनी उद्योगले केही दिन पहिलाबाट क्रसिङ सुरु गरिसकेको छ। तर, किसानहरूले गत सिजनको उखुको पैसा भुक्तानी गर्दै नगरी उद्योग सञ्चालन गरेको भन्दै असन्तुष्टि जनाएका छन्। सोही कारण धेरै उखु किसानले यस वर्ष उखु हरिवन तथा रौतहटको उद्योगमा लगेर बिक्री गर्ने मनस्थिति बनाएको बताए।