१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २६ शुक्रबार o७:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भाजपा नेता कोस्यारीले भेटे राष्ट्रपति, प्रधानमन्त्री र विपक्षी दलका नेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार o७:४४:oo

अनौपचारिक र व्यक्तिगत भ्रमणमा आएका भाजपा नेता एवं उत्तराखण्डका पूर्वमुख्यमन्त्री भगतसिंह कोस्यारीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

कोस्यारीले पौडेल, ओली र प्रचण्डसँग बेग्लाबेग्लै भेटवार्ता गरेको सामाजिक सञ्जालमा सार्वजनिक गर्दै दुई देशको सांस्कृतिक सम्बन्धबारे छलफल गरेको उल्लेख गरेका छन् ।

बुधबार नेपाल आएका कोस्यारी शनिबार स्वदेश फर्किंदै छन् । कोस्यारी नेपाल र भारतबिच सम्बन्धका सबै पक्षबारे अध्ययन गरेर सरकारलाई सुझाव दिन ०७२ मा गठित प्रबुुद्ध व्यक्ति समूह (इपिजी)का भारत संयोजकसमेत हुन् । यसअघि उनी महाराष्ट्र राज्यका गभर्नरसमेत थिए ।

राष्ट्रपति पौडेल, प्रधानमन्त्री ओली र प्रचण्डसँगको भेटपछि उनले एउटै विषय फेसबुकमा लेखेका छन्, ‘नेपाल–भारत सम्बन्ध, सांस्कृतिक बिरासत तथा आपसी समन्वयजस्ता विभिन्न मुद्दाबारे सकारात्मक चर्चा भयो ।’ कोस्यारीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटेका थिए ।