Skip This
अन्तिम समयमा गोल गर्दै बुटवल लुम्बिनीले खोस्यो चितवन एफसीको जित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २१ बिहीबार २o:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अन्तिम समयमा गोल गर्दै बुटवल लुम्बिनीले खोस्यो चितवन एफसीको जित

नेपाल सुपर लिग २०२३

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार २o:o४:oo

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा अन्तिम समयमा गोल गर्दै बुटबल लुम्बिनी एफसीले चितवन एफसीबाट अंक खोसेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अंक बाँडेका हुन्। 

बुटवलले खेलको अन्त्यतिर चितवन एफसीको जित खोसेको थियो। १–० ले अघि रहेको चितवन जिततर्फ अग्रसर भइरहेका वेला दोस्रो हाफको अतिरिक्त समयमा बुटवलका स्टेफन समिर बियोङले गोल गर्दैै चितवनलाई निराश बनाए भने आफ्ना समर्थकलाई खुसी दिए। 

मणि लामाले निकालेको पासमा चितवनका डिफेन्डरको बीचबाट बियोङले उत्कृष्ट गोल गरेका थिए। 

त्यसअघि चितवनका उत्सव राईले खेलको दोस्रो हाफमा गोल गरेका थिए। खेलको ४८औँ मिनेटमा उत्सवले लामो दूरीबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। 

यससँगै बुटवलले चार खेलबाट चार अंक जोडेको छ। समान खेल खेलेको चितवनको पाँच अंक भएको छ। 

एनएसएलमा भोलि वीरगन्ज युनाइटेड एफसी र झापा एफसीबीच साँझ पाँच बजदेखि खेल सुरु हुनेछ।