१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्याराग्लाइडिङमा गम्भीर लापरबाही भएको आरोप

गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ स्पर्धामा पर्याप्त तयारी नभएको र सुरक्षा मापदण्डलाई ध्यान नदिँदा खेलाडी निसिम थापाले ज्यान गुमाएको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२६:oo

गत वर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङमा गम्भीर लापरबाहीका कारणका खेलाडी निसिम थापाको मृत्यु भएको बुधबार निसिम थापा फाउन्डेसनले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ३० असोज ०७९ मा प्रतियोगिताअन्तर्गत क्रसकन्ट्री प्रतिस्पर्धामा दुर्घटनामा परी नेपाली सेनाबाट सहभागी भएका थापाको मृत्यु भएको थियो । पोखरा– १८ सराङकोटस्थित ब्लु स्काई टेकअप जोनबाट प्रतिस्पर्धाका लागि उडान सुरु गरेको तीन मिनेटमै थापा दुर्घटनामा परेका थिए । 

हतारमा विनातयारी एवं सुरक्षा मापदण्डलाई ख्याल नगरी प्रतियोगिता आयोजना गरेका कारण खेलाडीले ज्यान गुमाएको फाउन्डेसनको भनाइ छ । फाउन्डेसनका अध्यक्ष तथा थापाका बुबा प्रकाश थापाले आयोजकको गम्भीर लापरबाहीले आफ्ना छोराको निधन भएको बताए ।

‘केसी कन्स्ट्रक्सनभित्र रहेको ब्लु स्काई टेकअफ जोनमा उडान क्षेत्रसँगै रहेर पनि पोखरा महानगरपालिकाको अनुमतिविना दशौँ हजार धारिला फलामे रडसहितको जोखिमयुक्त संरचना निर्माण गरिरहनु र सोही जोखिम स्थानमा नागरिक उड्डयन प्राधिकरणको अनुमतिविना प्रतियोगिता सञ्चालन हुँदा नै छोराको निधन भयो,’ थापाले भने । 

नवौँ राष्ट्रिय खेलकुदसम्म आइपुग्दा प्याराग्लाइडिङको नाममा पाइलटहरूको जीवन जोखिममा राखी लाखौँ रकम पेस्की लिएर दुरुपयोग गरेको आरोपसमेत फाउन्डेसनका अध्यक्ष थापाले लगाए । 

ad
ad