विवाह खर्च कटाएर अक्षय कोष

बिहिबार, २१ मंसिर, २०८०
डिजिटल संस्करण

पत्रकार लक्ष्मी पौडेल र लेखक नारायण नेपालले विवाहमा हुने खर्च कटाएर विद्यालयमा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । मंसिर १८ गते नुवाकोटका नारायण नेपाल र नवलपरासीकी लक्ष्मी पौडेलले विनातामझाम परिवारको रोहवरमा विवाह गरे ।

लक्ष्मीले आफूले प्राथमिक शिक्षा अध्ययन गरेको पर्वतको विहादीस्थित  जनता आधारभूत विद्यालय र नेपालले नुवाकोट बेलकाेटगढीस्थित आफ्नो स्वर्गीय बुबा  ढुण्डीराज नेपालको पहलमा स्थापना भएको मालिका माध्यमिक विद्यालयमा  ५०–५० हजारबराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गरे ।

पछिल्लो समय भड्किलो बन्दै गएको विवाहलाई सुधार्नुपर्ने बताउँदै दुवैजनाले सरल तरिकाले विवाह सम्पन्न गरे । न महँगा कपडा न झकिझकाउ गरगहना । मात्र माला र टीका लगाएर दुई परिवार एक भएको घोषणा गरे । 
  

सुझावित समाचार