
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ओलम्पियन एवं तेक्वान्दोका पूर्वखेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ । यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो ।
नेपाली खेलकुदका सफल खेलाडीमध्येका विष्ट दक्षिण एसियाली खेलकुद (साग)को लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी हुन् । उनले आठौँदेखि ११औँ (साग) सागमा स्वर्ण जितेका थिए । विष्टले २००२ को बुसान एसियाड तथा २००६ को दोहा एसियाडीमा कांस्य जितेका थिए । एसियाडमा लगातार दुई कांस्य जित्ने उनी मात्र एक्लो नेपाली खेलाडी हुन् ।