Skip This
नेपाल सुपर लिग : तेस्रो खेलमा वीरगन्जले अंक जोड्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २० बुधबार o६:३o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : तेस्रो खेलमा वीरगन्जले अंक जोड्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार o६:३o:oo

नेपाल सुपर लिग (एनएसएल)मा वीरगन्ज युनाइटेडले तेस्रो खेलमा १ अंक जोड्न सफल भएको छ । दरशथ रंगशालामा ललितपुर सिटीलाई २–२ को बराबरीमा रोक्दै वीरगन्जले तालिकामा पहिलोपटक अंकको खाता खोलेको हो । ललितपुरको यो लगातार तेस्रो बराबरी हो ।

तेस्रो बराबरी नतिजासँगै ललितपुरले ६ अंक बटुलेको छ । लिगमा धनगढी एफसीले तीन खेलमा दुई जित र एक बराबरी निकाली सर्वाधिक सात अंक जोडेको छ । प्रतियोगिताकै साबिक उपविजेता धनगढी शीर्ष स्थानमा छ । एक जित र तीन बराबरीका साथ ललितपुर दोस्रो स्थानमा उक्लेको छ । वीरगन्जलाई हराउँदा ललितपुरले शीर्ष स्थानमा धनगढीलाई विस्थापित गर्न सक्ने थियो । वीरगन्ज तालिकाको नवौँ स्थानमा छ । 

प्रतिस्पर्धात्मक खेलमा वीरगन्जले अनपेक्षित रूपमा ललितपुरविरुद्ध अग्रता लिएको थियो । खेलको १०औँ मिनेटमा विलियम ओपोकुले वीरगन्जलाई १–० को अग्रता दिलाए । यद्यपि, प्रतियोगितामै सहभागीमध्ये टोलीका राम्रा विदेशी खेलाडीको साथ पाएको ललितपुरले खेलको १३औँ मिनेटमा १–१ को बराबरी गोल फर्काउन सफल भयो । ललितपुरका लागि इमोन इकेजेले गोलरक्षकविरुद्धको वान भर्सेस वानमा बराबरी गोल फर्काएका हुन् । 

बिस्तारै खेलमा पकड बनाएको ललितपुरले खेलको ३९औँ मिनेटमा निखिलले २–१ को अग्रताका लागि गोल गरे । मध्यान्तरमा बल पोसेसन बलियो बनाएको ललितपुरले राम्रो गोल अवसर गुमाएको थियो । दोस्रो हाफमा दुवै टोली आक्रामक रूपमा प्रस्तुत भए । खेलको ५२औँ मिनेटमा वीरगन्जका कृपाकान्त चौधरीले २–२ का लागि गोल गरे । विलियमको उत्कृष्ट फ्रिकिक बल क्रसबारमा लागेको थियो । पोस्टभन्दा ३५ यार्ड टाढाबाट विलियमको फ्रिकिक क्रसबारमा लागेर फर्र्किएको बललाई कृपाकान्तले सहजै गोल गरे ।

यद्यपि, राम्रो तालमेल बनाएको ललितपुरले त्यसपछि अग्रता लिने अवसर नपाएको होइन । तर, फिनिसिङमा चुक्दा ललितपुरले वीरगन्जसँग बराबरी नतिजा हात पा¥यो । प्रतिस्पर्धामा ललितपुरले काउन्टर एट्याक्टमा वीरगन्जमाथि दबाब राखेको थियो । ललितपुरले डिफेन्स लाइन बलियो बनाएको थियो । खेलको ५७औँ मिनेटमा वीरगन्जले राम्रो गोल अवसर चुकाएको थियो । वीरगन्जका जय गुरुङले बक्सबाहिरबाट प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो ।