१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Wednesday, 03 July, 2024
२o८o मङ्सिर २० बुधबार o६:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एलपिएलमा शुक्लाफाँटाको जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार o६:२७:oo

धनगढीमा चलिरहेको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)अन्तर्गत मंगलबार कैलालीको घोडाघोडी क्रिकेट एकेडेमी र कञ्चनपुरको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले सानदार जित निकालेका छन् । शुक्लाफाँटाले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरलाई एक सय १२ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । शुक्लाफाँटाले दिएको एक ७७ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १५.१ ओभरमा ६४ रन मात्र बनायो । खप्तडका लागि पुकार चन्दले १३ रन र प्रकाश पाण्डेले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । 

खप्तडलाई सस्तैमा सीमित गर्न शुक्लाफाँटाका पेसर कैलाश ऐरले ५ विकेट लिए । उनले ३.१ ओभरमा १५ रन खर्चिए । शुक्लाफाँटाले २० ओभरमा ९ विकेट गुमाएर एक सय ७६ रन बनायो । शुक्लाफाँटाका ओपनर अशोक विष्टले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ३५ बलमा ६ चौका प्रहार गरे । किरान ठगुन्नाले २२ बलमा ४ चौका र २ छक्का मद्दतले ३५ रन बनाए । खप्तडका रवि विष्टले ३ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए । प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ ।

 घोडाघोडी चार विकेटले विजयी
पहिलो खेलमा घोडाघोडीले सुदूरपश्चिमाञ्चल एकेडेमीलाई चार विकेटले पराजित गर्‍यो । सुदूरपश्चिमाञ्चलले दिएको एक सय ११ रनको लक्ष्य घोडाघोडीले १६.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । घोडाघोडीको ब्याटिङमा ओपनर विपिनबिक्रम शाहीले सर्वाधिक ३१ रनको योगदान दिए । सञ्जय बोहराले २२ र कृष कार्कीले २० रन बनाए । ८१ रनमा ६ विकेट गुमेको अवस्थामा सञ्जय र कृषले अविजित ३२ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई जितसम्म पुर्‍याए । सुदूरपश्चिमाञ्चलका वीरेन्द्र चन्द र पारस सुनारले समान दुई विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चल एकेडेमीले १८.५ ओभरमा एक सय १० रनमा सबै विकेट गुमायो ।सुदूरपश्चिमाञ्चलका लागि आशिष लुहारले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३६ बलमा १ चौका र ४ छक्का प्रहार गरे । घोडाघोडीका हरिश बस्नेतले ४ विकेट लिए । उनले ४ ओभरमा २२ रन खर्चिए । 

ad
ad
ad
ad