Skip This
निगमले पुनः माग्यो ग्राउन्ड ह्यान्डलिङ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Friday, 26 July, 2024
२o८o मङ्सिर २० बुधबार o६:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमले पुनः माग्यो ग्राउन्ड ह्यान्डलिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार o६:१६:oo

नेपाल वायुसेवा निगमले सरकारसँग ग्राउन्ड ह्यान्डलिङको जिम्मा आफैँले पाउनुपर्ने माग गरेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको निगमको लगानी र सम्पत्तिमा हानि–नोक्सानी पुग्ने भन्दै निगमले ग्राउन्ड ह्यान्डलिङको जिम्मा आफैँले पाउनुपर्ने जिकिर गरेको हो ।

१९ मंसिरमा बसेको निगम व्यवस्थापनको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा पुनः आफँैले पाउन पहल गर्ने निर्णय गरेको छ । 

यसमा चारवटै कर्मचारी ट्रेड युनियनको समेत ऐक्यबद्धता रहेको निगमले जनाएको छ । त्यस्तै, मंसिर १७ मा निगम कार्यकारी समितिको बैठकबाट समेत यस्तो निर्णय भएको थियो । युरोपियन युनियनको स्कोप अफ अडिटसँग सम्बन्धित नै नरहेको विमानस्थल ग्राउन्ड ह्यान्डलिङप्रति आक्रामण अप्रासंगिक रहेको निगमको भनाइ छ ।