Skip This
मित्र-मिलन सहकारी रकम हिनामिना : २७ मंसिरभित्र जाहेरी दिन पीडितलाई प्रहरीको आह्वान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १९ मंगलबार १८:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मित्र-मिलन सहकारी रकम हिनामिना : २७ मंसिरभित्र जाहेरी दिन पीडितलाई प्रहरीको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १८:५१:oo

पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजारस्थित मित्र-मिलन बचत तथा ऋण सहकारी संस्थामा रकम हिनामिना प्रकरणपछि जिल्ला प्रहरी कार्यालय कास्कीले जाहेरीका लागि २७ मंसिरसम्मको समय दिएको छ।

प्रहरीले मंगलबार एक सूचना प्रकाशित गर्दै सहकारीबाट बचत रकम फिर्ता नपाएका र प्रहरीमा जाहेरी दरखास्त दिन बाँकी रहेका पीडित बचतकर्ताहरूलाई २७ मंसिरभित्र जाहेरी दिन भनेको हो।

सूचनामा भनिएको छ, ‘उक्त सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत रकम फिर्ता नपाउनु भएको र यस कार्यालयमा जाहेरी दरखास्त दिन बाँकी रहनुभएका पीडित बचतकर्ताहरूले सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, प्रमाणपत्रलगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकतासमेतको परिचय खुल्ने कागजसहित कानुनबमोजिम सहकारी ऐन शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नुहुन सम्पूर्ण बचतकर्ताहरूमा सूचित गरिएको छ।’

मुद्दाको हदम्यादलाई मध्यनजर गरेर जाहेरी दरखास्तको लागि २७ मंसिरसम्मको समय दिइएको सूचनामा उल्लेख छ।

यसअघि प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर आइतबार साँझ सहकारीको रकम हिनामिना गरेको आरोप लागेका वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएका ३० जनामध्ये तीनजना पक्राउ परेका र अन्यको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ।

सहकारीका बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता नपाएको भन्दै १२ कात्तिकमा गण्डकी प्रदेश सरकारअन्तर्गतको सहकारी रजिस्ट्रारको पोखरास्थित कार्यालयमा निवेदन दिएका थिए। बारम्बार बचत रकम फिर्ता माग्दा पनि नपाएको भन्दै सुरुमा ३५ र पछि १५ गरी ५० जनाले निवेदन पेस गरेका थिए।