Skip This
वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी, २६ करोड ८४ लाख हिनामिना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १९ मंगलबार १३:२६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी, २६ करोड ८४ लाख हिनामिना

मित्र मिलन सहकारी रकम ठगी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १३:२६:oo

पोखरा महानगरपालिका– ९ नयाँबजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थामा रकम हिनामिना गरेको आरोप लागेका ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले कास्की जिल्ला अदालतबाट अनुमति लिएर उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी भएका ३० जनामध्ये तीनजना पक्राउ परेका छन् भने अन्यको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ।

पक्राउ पुर्जी जारी हुनेमा संस्थाका अध्यक्ष रमण पौडेलदेखि पोखरा महानगरपालिका- २१ का अध्यक्ष दीपकप्रसाद सुवेदी, संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी छन्। साथै सञ्चालक समितिका पदाधिकारी र सदस्य, लेखा समिति, कानुनी सल्लाहकारलगायत छन्। अध्यक्ष पौडेल र सिइओ अधिकारी ४ कात्तिकदेखि नै कास्की प्रहरी हिरासतमा छन्।

एक बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि परेको उजुरीपछि पौडेल र अधिकारी पक्राउ परेका हुन्। यसअघि सहकारीका बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता नपाएको भन्दै १२ कात्तिकमा गण्डकी प्रदेश सरकारअन्तर्गतको सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएका थिए। 

बारम्बार आफ्नो बचत रकम फिर्ता माग्दा नपाएको भन्दै सुरुमा ३५ र पछि थप १५ गरी ५० जनाले बचत फिर्ता सम्बन्धमा भन्दै निवेदन पेस गरेका थिए। 

निवेदनमा बचतकर्ताहरूले लेखा र संस्थाको नाममा रहेकाे चलअचल सम्पत्तिसमेत रोक्का गरी छानबिन तथा सहकारीकाे सम्पत्ति बिक्री वा नामसारी भएमा रजिस्ट्रारको कार्यालय नै जिम्मेवार रहनेसमेत उल्लेख गरेका थिए। 

बचतकर्ताको निवेदनसँगै सोही दिन रजिस्ट्रारको कार्यालयले आवश्यक छानबिन तथा कारबाही सम्बन्धमा भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रसमेत पठाएको थियो।

बचतकर्ताको निवेदनपछि एक चार्टर्ड एकाउटेन्ट नियुक्त गरी संस्थाको स्थापना कालदेखि हालसम्मको आर्थिक कारोबारको अध्ययन गरी ‘वित्तीय विवरण सम्बन्धमा विश्लेषण गरी सो सम्बन्धमा देखिएका कैफियतउपर प्रस्तुत गरिएको रायसहितको प्रतिवेदन २०८०’ तयार गरेको रजिस्ट्रार कार्यालयकी निमित्त प्रमुख ईश्वरी ढकालले जानकारी दिइन्। प्रतिवेदनमा २६ करोड ८४ लाख हिनामिना भएकाे प्रारम्भिक अनुमान गरिएकाे छ। 

ढकालका अनुसार प्रतिवेदनमा विशेष राय भन्दै अनुसन्धान गर्नुपर्ने व्यक्तिहरूको नामसमेत किटान गरिएको छ। त्यसपछि कार्यालयले प्रतिवेदनसहित संस्थाका सम्पूर्ण कागजात जिल्ला प्रहरी कार्यालय कास्कीलाई हस्तान्तरण गरेको थियो।

सोही प्रवितेदनका आधारमा कास्की प्रहरीले अदालतको अनुमति लिएर उनीहरूविरुद्ध फक्राउ पुर्जी जारी गरेको बताइएको छ। प्रहरीले एक–दुई दिनभित्र पुर्जी जारी भएकाहरूकाे खोजी गर्ने र त्यसपछि सूचना जारी गर्दै बचतकर्ताहरूसँग उजुरी माग गर्ने तयारी गरेको छ।