१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसियाली बुद्धिचाल सुभयान र मिनहाज उपाधिनजिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:o३:oo

नेपाल बुद्धिचाल महासंघको तत्वावधान र मकवानपुर बुद्धिचाल संघको आयोजनामा हेटौँडामा जारी ‘हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता–२०८०’ अन्तर्गत शनिबार साँझसम्म सातौँ चरणका खेलहरू सकिएका छन् । सातौँ चरणका खेलहरू सकिँदा २,३९३ रेटेडसहित भारतीय खेलाडी सुभयान र २,२१७ रेटेडका साथ बंगलादेशी आइएम मोहम्मद मिनहाज उद्दिन ६ अंकका साथ अग्रस्थान बनाउन सफल भए । 

भारतीय खेलाडी सुभयानले सातौँ चरणसम्मको खेलमा पाँच जित र दुई बराबर गर्दै अग्रस्थानमा छन् । उनले शनिबारको खेलमा भारतकै राहुल गुरुङविरुद्ध जित निकाले । बंगलादेशी मिनहाज उद्दिनले भारतीय १,९७६ रेटेड खेलाडी एएफएम सौरभ चौबेमाथि कठिन जित निकाल्दै सुभयानसँग बराबरी गर्न सफल भएका हुन् ।

प्रतियोगितामा बंगलादेशी एफएम नयम हक, भारतका अमरदीप बर्तके, अरबिन्दरप्रित सिंह, बंगलादेशी आइएम सकिलअबु सफिन, एफएम सरिफ होसेन र एफएम शेख नासिर ५.५ अंक जोड्दै दोस्रो स्थानको होडमा छन् । प्रतियोगितामा नेपाली खेलाडीहरू एरिना आइएम, सुश्रुत दाहाल, युवा खेलाडीद्वय पुरुषोत्तम सिलवाल र कुशल बेलवासे ४.५ अंक बनाएर खेलिरहेका छन् । नेपालका पूर्वच्याम्पियन एफएम पुरुषोत्तम चौलागाईं, झापाका राजन सुवेदी, वर्तमान नेपाल च्याम्पियन एफएम रूपेश जैसवाल, युवा स्वर्णिम दुवाल र मुहान श्रेष्ठ पनि समान ४ अंकको साथमा प्रतिस्पर्धामा छन् । 

महिलातर्फ भारतीय महिला खेलाडी मरियम फातिमा ४.५ अंकका साथ पहिलो र श्रीलंकन खेलाडी सचिनि रानासिंघे ४ अंक बनाई दोस्रो स्थानमा रहन सफल भएका छन् । नेपालका भेट्रान खेलाडी मोहनसिं प्रधानले ३ अंक जोड्दै आफूलाई प्रतिस्पर्धामा उभ्याउन सफल भएका छन् । 

ad
ad