Skip This
नेपाल सुपर लिग : अन्तिम मिनेटमा झापा हारबाट जोगियो 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १७ आइतबार
  • Friday, 26 July, 2024
धनगढीका अहमद हिजाजीलाई रोक्ने प्रयासमा ललितपुरका खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८o मङ्सिर १७ आइतबार o६:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : अन्तिम मिनेटमा झापा हारबाट जोगियो 

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १७ आइतबार o६:४६:oo

अन्तिम मिनेटमा उज्वेकिस्तानका रक्षक समान्दर अचिलोभले गोल गरेपछि झापा एफसीले नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्सविरुद्ध हार टरेको छ । बराबरीसँगै सुपर लिगमा नवप्रवेशी झापा लगातार दोस्रो हार व्यहोर्नबाट जोगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सीमित पोखरा जिततर्फ अग्रसर भएको थियो । अन्तिम समयमा उसका प्रशिक्षक नवीन न्यौपानले रातो कार्ड सामना गरेका थिए । लगातार अवसर बनाएकोे झापा अन्तिम सेकेन्डमा गोल गर्न सफल भयो । झापाले एक पछि अर्काे दबाब बनाएपछि पोखराका विदेशी गोलकिपर र रक्षकले गल्ती गरे । जसको फाइदा उठाउँदै उज्वेकिस्तानका खेलाडीले अगाडि बढेर गोल गरेका हुन् । 

फिफा रेफ्री प्रज्वल क्षेत्रीले ६ मिनेटको इन्जुरी समय राख्छन् । झापाले इन्जुरी समयको आठौँ मिनेटमा गोल गरेको हो । पोखराका लागि मोसेस ग्याबा टुमले अग्रता लिएका थिए । उनले खेलको १९औँ मिनेटमा गोल गरेका थिए । बक्स बाहिरबाट अर्का विदेशी खेलाडी जो आइडुले मिलाएको क्रसमा मोसेसले सुन्दर हेड गोल गरेपछि पोखराले अग्रता बनाएको थियो । पोखराले पहिलो खेलमा एफसी चितवनलाई १–० ले हराएको हो । दोस्रो खेलमा भने ललितपुर सिटी एफसीविरुद्ध गोलरहित बराबरी खेल्यो । झापाले पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीलाई १–० ले पराजित गरेको थियो । 

खेलको ९०औँ मिनेटमा कमलबहादुर थापाले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडे । गोल गरेपछि आक्रामक बनेका प्रशिक्षक न्यौपानेलाई पनि रेफ्री प्रज्वलले रातो कार्ड देखाउँदै प्यारापिटमा पठाएका हुन् । खेलपछि पत्रकार सम्मेलनमा उपस्थित भएका सहायक प्रशिक्षक राजेन्द्र तामाङले रेफ्रीविरुद्ध खनिए । उनले रेफ्रीले एकतर्फ निर्णय गरेको आरोप लगाएका हुन् । ‘रेफ्री एकतर्फी देखिँदा बेन्च आक्रामक भयो । कमलले रातो कार्ड खाँदा दबाब भयो । प्रशिक्षकलाई पनि रातो कार्ड देखाइयो,’ उनले भने, ‘हामीले गोल गरे पनि झापाले हाइप्रेसिङ खेल खेल्यो । जसले गर्दा पनि धेरै दबाब भयो ।’

झापाका स्पेनिस प्रशिक्षक ओरिओल मोहदानो सेगुराले पनि रेफ्रीलाई आरोप लगाउँदै खेल नियन्त्रणमा राख्न नसकेको प्रतिक्रिया दिए । ‘हामीले एक अंक पाएका छौँ खुसी छौँ । खेल निकै राम्रो भयो,’ ओरिओलले भने, ‘रेफ्रीको निर्णय ठीक छैन । हामीले खेल हेरेका छौँ । निर्णय ठीक भएन । रेफ्रीले खेल नियन्त्रणमा राख्न सकेनन् ।’

एनएसएलबाटै राष्ट्रिय टोलीमा कमब्याक गर्ने चाहना 
नेपाली राष्ट्रिय टोलीका रक्षक सुरज जिउ ठकुरीले एनएसएलमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा कमब्याक गर्ने बताएका छन् ।  तीन वर्षअघि भएको एनएसएलमा सानदार प्रदर्शनसँगै सुरजले राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । ‘पहिलो एनएसएलबाटै राष्ट्रिय टोलीमा डेब्यु गरेको हो । यसपटक टोलीबाहिर छु । उत्कृष्ट प्रदर्शन गर्दै कमब्याक गर्ने योजना छ,’ झापाविरुद्ध म्यान अफ दी म्याच भएका सुरजले भने । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुरजलाई फिफा विश्वकप २०२२ छनोट खेलमा अस्ट्रेलियाविरुद्ध सुरजलाई डेब्यु गराएका थिए । पछिल्लो समय भिन्सेन्जो अल्बेर्टाे एनेसको आगमनसँगै सुरज टोलीबाहिर रहँदै आएका छन् । गत वर्षको कात्तिकमा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेलेपछि सुरज टोलीमा अटाउन सकेका छैनन् ।  

धनगढी र ललितपुरले अंक बाँडे
शीर्ष स्थानको धनगढी एफसीले ललितपुर सिटी एफसीसँग अंक बाँडेको छ । राति भएको खेलमा दुवै टोलीले गोलका प्रयास गरे पनि सफल हुन सकेनन् । बराबरीसँगै दुवै टोलीले अपराजित यात्रालाई कायम राखेका छन् । यस बराबरीले धनगढीले अंक दूरी बढाउने मौका गुमायो । धनगढीको सात अंक छ भने तीन खेलमा ललितपुरको पाँच अंक छ ।