Skip This
आर्मीलाई हराउँदै मधेश प्रदेश बन्यो च्याम्पियन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Friday, 26 July, 2024
२o८o मङ्सिर १५ शुक्रबार १६:३९:oo
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

आर्मीलाई हराउँदै मधेश प्रदेश बन्यो च्याम्पियन

केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार १६:३९:oo

‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता २०८०’को उपाधि मधेश प्रदेशले हात पारेको छ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ११ रनले पाखा लगाउँदै मधेशले उपाधि जितेको हो।

मधेशको जितमा सातौं नम्बरमा मैदान प्रवेश गरेका विशाल पटेल नायक बने। नटआउट रहँदै ३२ बलमा तीन चौका र तीन छक्कासहित टोलिका लागि उनले सर्वाधिक ४९ रन जोडे।

यसअघि समूह ‘सी’मा रहेको मधेशले रनरेटका आधारमा अन्तिम चारमा आफ्नो स्थान बनाएको थियो। सेमिफाइनलमा सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश अन्तिम दुईमा प्रवेश गरेको थियो। समूह ‘डी’को विजेता बन्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको आर्मीले सेमिफाइनलमा बागमती प्रदेशलाई चार विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको मधेशले २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १३५ रनको मध्यम योगफल तयार गरेको थियो। १३६ रनको लक्ष्य पछ्याउँदै मैदान छिरेको आर्मी २० ओभर खेल्दै सात विकेटको क्षतिमा जम्मा १२४ रनमा सीमित हुन पुगेको थियो।

खेलका म्यान अफ दी म्याचसमेत रहेका ओपनर हरिशंकर शाहले २१ बलमा तीन चौका र दुई छक्कासहित २७, हिमांसु दत्तले १४ बलमा तीन चौकासहित १४ र विशाल सुस्लीङले १० बलमा एक छक्कासहित १० रन जोड्दा टोलिका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। पवन सर्राफ नौ, इमरान शेख आठ, ओपनर अनिल शाह ६, प्रदिप पासवान चार, मैयान यादवले तीन रन बनाउँदा रुपेश सिंह शून्य रनमै आउट भए।

आर्मीका लागि ओपनर विनोद भण्डारीले ३० बलमा पाँच चौकासहित टोलीका लागि सर्वाधिक ३२ रन जोडेका थिए। विवेक यादव नटआउट रहँदै १४ बलमा समान दुई चौका र छक्कासहित २५, भीम सार्की २१ बलमा दुई चौका र एक छक्का सहित २२, अर्का ओपनर सन्तोष कार्कीले १३ बलमा तीन चौका सहित १६, सोमपाल कामी नटआउट रहँदै १५ बलमा एक चौकासहित टोलीका लागि १६ रन जोड्दा अन्य चार खेलाडी दोहोरो अंक जोड्न असफल रहे। रोहित पौडेल पाँच, राजेश पुलामी तीन, बसिर अहमदले दुई बनाए भने कुशल मल्लले कुनै रन जोड्न सकेनन्।

खेलमा सर्वाधिक चार विकेट हात पारेका मधेशका हरिशंकर शाहले चार ओभर खेल्दै १९ रन खर्चिएका थिए। आर्मीका सहवाव आलमले तीन ओभर खेल्दै पाँच रन खर्चिएर तीन, विवेक यादवले चार ओभर खेल्दै ३० रन खर्चिएर तीन विकेट हात पारे। यसैगरी मधेशका प्रदिप पासवाले दुई विकेट हात पार्दा प्रतिक यादव, आर्मीका सोमपाल कामी, बसिर अहमदले समान एक–एक विकेट लिए।

आइसिसीको नियमअनुसार खेलाइएको प्रतियोगिता ७ मंसिरदेखि सुरु भएको थियो। प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी तीन विभागीय, सात प्रदेश र आयोजक एकेडेमीका दुई गरी १२ टोलीले प्रतिस्पर्धा गरेका थिए। सहभागी टोलीलाई चार समूहमा विभाजन गरी प्रतियोगिता संचालन गरिएको थियो।
मधेशले उपाधिसँगै पाँच लाख तथा आर्मीले दुई लाख ५० हजार नगदसहित शिल्ड, मेडल पुरस्कार पाए। प्रतियोगितामा म्यान अफ द सिरिज घोषित हुँदै मधेशका हरिशंकर शाहले ३० हजार, वेस्ट व्याटर घोषित हुदै बागमती प्रदेशका रित गौतमले २० हजार र बागमतीका सन्दिप लामिछाने वेस्ट बलर घोषित हुँदै २० हजार नगद पुरस्कार पाए। 

प्रत्येक खेलका म्यान अफ द म्याचले पाँच हजार नगद पुरस्कार पाएका आयोजक एकेडेमीका उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज राजेशकुमार गुरुङले जानकारी दिए। उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख खर्च भएको छ।