१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:३o:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् । 

उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीलाई थुनामै राख्न आदेश दिएको हो । 
 
काठमाडौं जिल्ला अदालतले गत १ असारमा गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरिपाऊँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको थियो । 

उक्त निवेदनमाथि गत मंगलबारदेखि नियमित सुनुवाइ जारी थियो । सुनुवाइ बिहीबार सकिएको भए पनि फैसला आज आएको हो । 

उच्च अदालतले रायमाझी, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित आठजनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । 

ad
ad