१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १५ शुक्रबार १४:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार १४:o६:oo

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनकाे कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्।

बिहीबार स्वीकृत कार्यतालिकाअनुसार आयोगले मंसिर २२ गते निर्वाचनमा भाग लिने दल दर्ताका लागि सूचना प्रकाशित गर्ने तयारी गरेको छ। दल दर्ताका लागि मंसिर २४ देखि २९ गतेसम्म समय तोकिएको छ।

दर्ता हुने राजनीतिक दललाई पुस १ गते निर्वाचन चिह्न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको सूचनामा उल्लेख छ।

पुस  १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सबै प्रदेश  निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ।

नेपाल सरकारले माघ ११ गतेलाई राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति घोषणा गरेको छ। आयोगका अनुसार सो दिन बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान कार्य सञ्चालन हुनेछ।