Skip This
बागमतीलाई निराश पार्दै आर्मी फाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १४ बिहीबार १५:३४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बागमतीलाई निराश पार्दै आर्मी फाइनलमा

केपी ओली राष्ट्रिय टी-२० क्रिकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार १५:३४:oo

विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आज बिहान सम्पन्न सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई चार विकेटले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो । जवाफमा जितका लागि पाएको एक सय २८ रनको लक्ष्य आर्मीले ६ विकेटको क्षतिमा १५ ओभरमै पूरा गर्‍याे । 

आर्मीको जितमा प्लेयर अफ दी म्याच घोषित सहाव आलमको घातक बलिङसामु बागमतीले ठूलो स्कोर बनाउन सकेन । आलमले चार विकेट लिएका थिए भने सोमपाल कार्मीले दुई तथा विवेक यादवले एक विकेट आफ्नो नाममा लेखाए । आर्मीका लागि भीम सार्कीले ३९, कुशल मल्लले २७ र विनोद भण्डारीले २५ रनको योगदान दिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले प्रतीक श्रेष्ठको अर्धशतककाे मद्दतमा मध्यम लक्ष्य खडा गरेको थियो । ३५ बलमा चार छक्का र तीन चौका हानेका प्रतीकबाहेक अन्य ब्याटरले बागमतीका लागि ठूलो योगदान दिन सकेनन् । 

कप्तान सन्दीप लामिछानेले १९, रित गौतमले १४ र इशान पाण्डेले १२ रन बनाए । ब्याटिङमा ठूलो लक्ष्य राख्न चुकेको बागमतीले बलिङमा पनि कमाल देखाउन सकेन । सन्दीपले दुई तथा प्रतिश जिसी, इशान, सोनु देवकोटा र रितले एक–एक विकेट लिए । 

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा आजै मधेश प्रदेश र एपिएफ क्लबबीच दोस्रो सेमिफाइनल हुँदै छ । सो खेलको विजेता उपाधिका लागि आर्मीसँग भिड्नेछ ।