१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o७:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ओलीले झुलाघाटमा पदयात्रा उद्घाटन गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:२८:oo

एक हजार आठ सय ७९ किलोमिटर यात्रा गरिने

पार्टीले सुरु गर्न लागेको ‘समृद्धिका लागि मध्यपहाडी लोकमार्ग पदयात्रा’को उद्घाटनका लागि एमाले अध्यक्ष केपी ओली सुदूरपश्चिम आइपुगेका छन् । उनले बिहीबार बिहान साढे ८ बजे बैतडीको झुलाघाटमा पदयात्राको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसका लागि अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरू मंगलबार बेलुकी धनगढी आइपुगेका छन् । उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायत नेताहरू बुधबार बिहान नियमित उडानबाट धनगढी आउने एमालेले जनाएको छ । अध्यक्षसहित नेताहरू बुधबार बैतडी जाने कार्यक्रम छ । 

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरेर पदयात्रा उद्घाटनको तयारी लगभग पूरा भएको जनाएको छ । एमाले केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माका अनुसार अध्यक्ष ओलीले झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर गरेर पदयात्राको उद्घाटन गर्नेछन् । त्यही दिन बैतडीको गोठालापानीमा आमसभा गर्ने तयारी छ । 

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म हुने पदयात्राअन्तर्गत सुदूरपश्चिममा डडेल्धुरा, डोटी र अछामका विभिन्न स्थानमा जनसहभागितामा सभाहरू गरिने इन्चार्ज विश्वकर्माले जानकारी दिए । ती सभाहरूलाई अध्यक्ष ओलीलगायत नेताहरूले सम्बोधन गर्ने बताइएको छ । ऐतिहासिक, पुरातात्विक स्थलहरू एवं कृषि क्षेत्रको अवलोकन गर्ने, जनताका राय–सुझावहरू पनि लिइने उनले बताए । 

एमालेले तीन साता चल्ने यो यात्रालाई समृद्धिका लागि संकल्प यात्रा भनेको छ । पदयात्राअन्तर्गत एक हजार ८७९ किलोमिटर यात्रा गरिने एमालेले जनाएको छ । सुदूरपश्चिममा अछामबाट पदयात्रा टोलीलाई कर्णाली प्रदेशका लागि १७ मंसिरमा बिदाइ गरिने एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले जानकारी दिएका छन् । उनका अनुसार अभियानअन्तर्गत सुदूरपश्चिममा तीन सय ५८ किलोमिटर यात्रा गरिनेछ । पहाडको विकासको समस्या पहिचान गरी समृद्धिलाई अघि बढाउने भन्दै एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित गरेर पदयात्रा सुरु गर्ने निर्णय गरेको थियो । 

ad
ad