Skip This
नेपाल सुपर लिग : काठमाडौंले चितवनलाई रोक्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १३ बुधबार o६:१३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : काठमाडौंले चितवनलाई रोक्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार o६:१३:oo

साबिक विजेता काठमाडौं रेजर्सले अन्तिम इन्जुरी समयमा गोल गर्दै मंगलबार नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनलाई १–१ को बराबरीमा रोक्न सफल भएको छ । खेलको ८६औँ मिनेटमा चितवनले १–० को अग्रता लिएको थियो । चितवनले खेल लगभग आफ्नो नियन्त्रणमा राखेको थियो । तर, अन्तिम तीन मिनेटको इन्जुरी समयमा चितवनले सम्हालिएर खेल्न सकेन । यसको फाइदा काठमाडौंले उठायो ।

काठमाडौंले त्यही इन्जुरी समयमै गोल गर्दै महत्वपूर्ण एक अंक बटुल्यो । काठमाडौंले पहिलो खेलमा इलामलाई हराएको थियो । चितवन यसअघि पोखरासँग पराजित भएको थियो । दुई खेलपछि काठमाडौं चार अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । चितवनले दुई खेलबाट एक अंक हात पारेको छ । 

खेलको ८६औँ मिनेटमा चितवनले आत्मघाती गोलबाट १–० को अग्रता लियो । मैदान प्रवेश गरेलगत्तै नवयुग श्रेष्ठले डिबक्सभित्र विमल घर्तीमगरलाई क्रसपास निकालेका थिए । विमलले पोस्टनजिक दोस्रो बारमा बल प्रहार गरे । विमलले प्रहार गरेको बल सानो डिबक्सभित्र काठमाडौंका कोमिओनको खुट्टामा डिफ्लेक्ट हुँदै गोल भयो । काठमाडौंका अभिषेक बरालसँगै डिफ्लेक्ट भएको बल रोक्ने कुनै समय नहुँदा चितवनले अग्रता लियो । 

चितवनले अग्रता रक्षा गर्न सकेन
चितवनले आफ्नो अग्रता लामो समयसम्म टिकाउन सकेन । यद्यपि, लिगमा चितवन पहिलो जितको खोजीमा निकै नजिक पुगेको थियो । इन्जुरी समयमा एनकेंगे जुनियरले काठमाडौंलाई १–१ को बराबरीमा ल्याए । उनले डिबक्स भित्र तीन डिफेन्डरको बीचबाटै दोस्रो बारमा उत्कृष्ट भली गोल गरे । चितवनको गोलरक्षक विशाल श्रेष्ठसँग जुनियरको गोल प्रयास रोक्न समय नै थिएन । त्यसअघि दुवै टोलीले पहिलो तथा दोस्रो हाफमा स्पष्ट गोल अवसर चुकाएका थिए ।

 चितवनका विमलको पासमा रफिकको गोल प्रयासलाई काठमाडौंका गोलरक्षक अभिषेकले बचाए । खेलको १४औँ मिनेटमा काठमाडौंका तोजिदिनोभको २५ यार्ड टाढाबाट प्रहार गरेको बल क्रसबारनजिकबाट बाहिरिएको थियो । खेलको ४०औँ मिनेटमा चितवनका विमलको प्रहार पोस्टनजिक हुँदै बाहिरियो । खेलको ४९औँ मिनेटमा काठमाडौंका आन्द्रेस नियाको पासमा मार्की खेलाडी हिसुब थपलियाले सहज गोल अवसर चुकाए ।