
एमाले अध्यक्ष केपी ओलीले सिंहदरबारस्थित पश्चिमतर्फको पुनर्निर्मित भवनको अवलोकन गरेका छन् ।
अध्यक्ष ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भवन अवलोकन गराएका हुन् । प्रधानमन्त्री कार्यालय रहेको भवनमै रहेको आर्ट ग्यालरी पनि ओलीले अवलोकन गरेका छन् । त्यसक्रममा मुख्यसचिव वैकुण्ठ अर्यालले ओलीलाई भवनको विशेषताबारे ब्रिफिङ गरेका थिए ।
१२ वैशाख ०७२ मा आएको भूकम्पले क्षति पुर्याएपछि प्रयोगहीन रहेको सो भवन रेट्रोफिटिङ गरी पुनः सञ्चालनमा ल्याइएको हो । रेट्रोफिटिङपछि प्रधानमन्त्री कार्यालयको काम पनि यही भवनबाट सञ्चालन हुँदै आएको छ ।
सिंहदरबारस्थित पुनर्निर्मित भवनको अवलोकन तथा प्रधामन्त्री प्रचण्डसँगको भेटवार्तापछि बाहिरिँदै एमाले अध्यक्ष ओली । तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका