१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अलैँची बिक्रीबाट २४ करोड आम्दानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:o२:oo

लमजुङका कृषकले यस वर्ष अलैँची दाना बिक्रीबाट २४ करोड आम्दानी गरेका छन् । जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिकटन अलैँची दाना बिक्री गरेर किसानले सोबराबरको रकम आम्दानी गरेका हुन् । अघिल्लो वर्ष तीन सय ८० मेट्रिकटन अलैँची दाना बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार अलैँची बिक्रीबाट लमजुङमा २४ करोड रुपैयाँ भित्रिएको अलैँची जोन लमजुङका अध्यक्ष सोमबहादुर तामाङले बताए । 

उत्पादनका हिसाबले अलैँची दाना घटे पनि मूल्यवृद्धि हुँदा जिल्लाका किसानले हालसम्मकै बढी आम्दानी गरेको उनको भनाइ छ । उत्पादित अलैँची कृषकले यस वर्ष प्रतिकेजी एक हजार दुई सयदेखि एक हजार चार सय रुपैयाँसम्ममा बिक्री गरेका छन् । ०४१ सालदेखि अलैँची खेती विस्तार भएपछि यस वर्ष हालसम्मकै बढी अलैँची बिक्री भएको हो । जिल्लामा एक हजार पाँच सय हेक्टर क्षेक्रफलमा अलैँची खेती विस्तार गरिए पनि ६ सय हेक्टरमा उत्पादन हुदैँ आएको छ । जिल्लाको मस्र्याङ्दी, दोर्दी, दूधपोखरी, क्व्होँलासोथर गाउँपालिका र बेँसीसहर, राइनास, मध्यनेपाल नगरपालिकामा १५ हजारभन्दा बढी कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । 

जिल्लाको भुलभुले, बाँझाखेत, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायत गाउँका पाखामा व्यावसायिक रूपमा अलैँची खेती गरिँदै आएको छ । अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र बनाएर विशेष कार्यक्रम सुरु गरिएको छ ।

ad
ad