Skip This
भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Friday, 26 July, 2024
रासस कास्की
२o८o मङ्सिर ९ शनिबार १५:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

Read Time : < 1 मिनेट
रासस, कास्की
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार १५:१२:oo

छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सातवटा पोखरा ल्याइएको छ। पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १५ मुर्रा राँगा दिने घोषणा गरेको थियो।

कृषि तथा पशुपक्षीका क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरूप भारतले दिएकामध्ये सात राँगा पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा. जगदीश पाण्डेले जानकारी दिए। उनका अनुसार पोखरा ल्याइएका राँगालाई २१ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि मात्र विर्य उत्पादन सिकाइ सुरु हुनेछ।

राँगाबाट आगामी पुसदेखि विर्य संकलन सुरु गरिने पाण्डेले बताए। ‘मुर्रा राँगा स्वस्थ छन् भनेर प्रमाणित गरेर नेपाल ल्याइएको भए पनि यहाँ क्वारेन्टिनमा राख्नुपर्ने नियम छ। क्वारेन्टिन अवधि पूरा नभई अन्य बथानसँग मिसाउँदैनौँ,’ उनले भने, ‘यहाँँ ल्याइएका सबै दुई वर्ष उमेर पूरा भएका छन्। विभिन्न पशु रोगको परीक्षणपछि मात्र विर्य संकलन सुरु गर्छौँ।’

एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज विर्य उत्पादन हुने अनुमान गरिएको पशु प्रजनन कार्यालयले जनाएको छ। भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट राँगा ल्याइएकाले यहाँका कृषक लाभान्वित हुने कार्यालय प्रमुख डा. पाण्डेले बताए।

भारतले दिएका मुर्रा राँगा नेपालगन्जस्थित रुपैडिया नाका हुँदै स्वदेश ल्याइएको हो। उच्च नश्लका मुर्रा भैँसीले रैथाने भैँसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन्। सरकारले यहाँका रैथाने भैँसीमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा ल्याइएको हो।