मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Monday, 17 March, 2025
२o८o मङ्सिर ८ शुक्रबार १७:३९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हमास-इजरायल द्वन्द्व : प्यालेस्टाइनमा बेरोजगारी दर ७० प्रतिशत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १७:३९:oo

हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वातै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बिहीबार बताएका छन्।   

नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भने, ‘हामीले दशौँ हजार भवन र आवासीय एकाइहरूमा लगातार हिंस्रक बम विस्फाेटको परिणामस्वरूप हजारौँ कार्यबल र रोजगारदाताहरू गुमायौँ।’

‘हाल ३६ लाखभन्दा बढी प्यालेस्टिनी कामदारहरू बेरोजगार भएका छन्, जसमध्ये ठूलो हिस्सा घरबारविहीन छन्,’ जैशले भने।   

उनले भने, ‘यसबाहेक, इजरायलले गाजाबाट चार हजार कामदारहरूलाई गिरफ्तार गर्‍याे, हजारौँ कामदारलाई बर्खास्त गर्‍याे, र धेरैलाई थुनामा र अनुसन्धानको अधीनमा परेपछि अन्य धेरैलाई वेस्ट बैंकमा निष्कासित गरेको थियो।’
 
अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको एक्कासि आक्रमणको बदलास्वरूप इजरायलले तत्काल गाजामा व्यापक हवाई तथा स्थल आक्रमण सुरु गरेको छ। इजरायलले प्यालेस्टिनी तटीय क्षेत्रमा कडा नाकाबन्दी लगाएको छ भने गाजामा बिजुली, पानी र खाद्यान्नको आपूर्ति बन्द गरेको छ। रासस