Skip This
राज रंगशाला बनाउन २ करोड ६० लाख बजेट, सरोकारवालाले गरे निरीक्षण  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Friday, 26 July, 2024
सौरभ यादव राजविराज
२o८o मङ्सिर ७ बिहीबार १५:२o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राज रंगशाला बनाउन २ करोड ६० लाख बजेट, सरोकारवालाले गरे निरीक्षण  

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार १५:२o:oo

सप्तरीको राजविराज नगरपालिका– ७ स्थित राज रंगशालालाई सौन्दर्यीकरण गर्न सरोकारवालाले अनुगमन गरेका छन्।

रंगशालामा के काम गर्ने सम्बन्धमा नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविनको नेतृत्वको एक टोलीले बिहीबार रंगशालाको निरीक्षण गरेकाे छ।

रंगशालाका लागि  यस आर्थिक वर्षमा राष्ट्रिय योजना आयोग, मधेश प्रदेश सरकार र राजविराज नगरपालिकाले गरी दुई करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

राष्ट्रिय योजना आयोगले समपूरक अनुदानअन्तर्गत ८० लाख र नगरपालिकाले पनि त्यत्तिकै गरी एक करोड ६० लाख तथा मधेश प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले एक करोड बजेट विनियोजन गरेको छ।

‘यो बजेटले रंगशालालाई राम्रो बनाउने हाम्रो सोच छ,’ परविनले भनिन्, ‘सरोकारवालासँग थप छलफल गरी काम अघि बढाइनेछ।’

बजेटले चारैतिर घेराउ गरी प्याराफिट निर्माण, सटर, शौचालयसहित व्यवस्थित बनाउने सोच रहेको नगरपालिकाका योजना अधिकृत मनोजकुमार यादवले बताए।