१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १o:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ठूला सरकारी अस्पतालमा एमबिबिएस पढाउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:१o:oo

सरकारले ठूला सरकारी अस्पताललाई नर्सिङ, पारामेडिक्स र एमबिबिएस अध्यापन गराउने जिम्मेवारी दिने योजना अघि सारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सयदेखि तीन सय शय्यासम्मका सरकारी अस्पतालमा यी तहको अध्ययन गराउने प्रस्ताव चिकित्सा शिक्षा आयोगमा पठाइसकेको छ ।  

मन्त्रालयले एक महिनाअघि नै सो प्रस्ताव चिकित्सा शिक्षा आयोगलाई गरेको हो । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले यस सम्बन्धमा जानकारी दिँदै योजनाबारे प्रधानमन्त्रीलाई पनि जानकारी गराइसकिएको र यसको ठोस निष्कर्ष छिट्टै निस्कने बताए । 

‘यो प्रस्ताव प्रधानमन्त्री र आयोगका पदाधिकारीसँग राखिसकेको छु । सयदेखि तीन सय शय्यासम्मका सरकारी अस्पतालमा अब पारामेडिक्स र नर्सिङ पढाउने यो योजना छ,’ उनले भने, ‘शय्या पुगेका अस्पतालहरूले के–के पढाउन सक्छन् त्यसको विवरण पनि माग गरेका छौँ ।’ चिकित्सा शिक्षा आयोगको तथ्यांकअनुसार हाल सरकारी सेवामा पाँच हजार चिकित्सक, २९ हजार नर्स, २२ हजार पारामेडिक्सको आवश्यकता छ । आवश्यक जनशक्तिका लागि स्वास्थ्य मन्त्रालयले दरबन्दी बढाउन प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग छलफल पनि गर्ने तयारी गरेको जनाएको छ । 

ठूला उपकरण नकिन्न निर्देशन
मन्त्री बस्नेतले ठूला अस्पताललाई अनावश्यक तथा तत्काल प्रयोगमा ल्याउन नसकिने ठूला उपकरण नकिन्न निर्देशन दिए । उनले सस्तोमा पाइने कतिपय उपकरण महँगोमा खरिद गरिएको भन्दै आर्थिक भार पर्ने गरी खरिद नगर्नसमेत आग्रह गरे । ‘चाहिने उपकरण सकेसम्म सस्तोमा किनौँ, किन्दै नकिनौँ भनेको पनि होइन,’ उनले भने, ‘सरकारले ७५३ वटै स्थानीय तहका स्वास्थ्य संस्थाका लागि आवश्यक उपकरण खरिद गर्न लागेको छ, पालिकास्तरमा पनि स्वास्थ्य सेवालाई सहज पारिन्छ ।’ 

ad
ad